logo
  • शनिबार, भाद्र २० २०८३

दोसरी बन्यो इलामेली गाउँ


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, दोहा माघ ३ ।
कतारको दोसरी पार्कमा इलामेलिहरुलाई इलामको चियाबारीमा जस्तै नाच्दै हास्दै रमाउदै मज्जा लुटेको देखियो । आफ्नै गाउँ छिमेक, समाज र जिल्लावासीहरुलाई कतारमा समेट्दै मेलामिलाव र भाइचाराको भावनामा इलाम समाज कतारले बनभोज मनाए ।
चिसो मौसमको मज्जा नाच्न, गाउनु र गाउनु र रमाउनु नै हो भन्ने कुरा बनभोजले प्रमाणित गरेको थियो । सामाजिक सद्भाव अथिति सत्कारसंगै आफ्ना दाजुभाई दिदीबहिनीहरुसंगको भेटघाटले अझै सुनमा सुगन्ध थपेको थियो । प्राय हप्ताको सुक्रबार ब्यस्त रहने सो पार्क यो हप्ता पनि निकै व्यस्त देखिन्थ्यो ।

चारै तिर आफ्नै शैलीमा रमाइरहेका आफ्ना आफ्ना जमात हरुलाई पनि इलामेलीहरुको कार्यक्रममा आफ्नो कला प्रस्तुतु गरेका कलाकारहरुको प्रस्तुतिले तानेर ल्याएको थियो ।कलाकार भारत केसी, लिना आचार्यको नृत्य र नौटंकी कुनै प्रोफेसनल कलाकारको भन्दा कमि थिएन । कलाकार रुवेल बिसी, र तुफान काफ्लेको प्रस्तुतिले पनि दर्शकको माया बटुले । नेपाली कलामा नेपालीहरु मात्र नभए र अन्य बिदेशी दर्शकहरु समेत तालमाताल मिलाउदै कम्मर मकाएको दृश्य हेर्न लायक थियो । साथै दोसरिमा कार्यरत कलाकारले जादुमय हातको सफाई देखेका थिए ।

“जेहेन्दार विधार्थी छात्रवृत्ति, समुन्नत ईलाम, पर्यटन प्रवद्र्धन हाम्रो चाहाना ।लईलामेलीहरुको एकता, वनभोज तथा वार्षिक उत्सवको शुभकामना” भन्ने मुल नारा रहेको थियो l रमाइलो पनि सेवाको लागी हुने इलामेलीहरुको कार्यक्रममा करिव २५o को हाराहारीमा देखिएका इलामेलीहरुको खुसी त्यहाँ प्रष्ट देख्न सकिन्थ्यो । सामाजिक सेवामाआफ्नो कदमलाई अगाडी बढाउने क्रममा सदभाव र मेलामिलाव र भाइचाराको माया साट्ने उदेश्य समाजले पुरा गर्यो ।

समाजको साथ र सहयोगको लागी आफु सधै तत्पर रहने बताउदै शुभकामना मन्तब्य दिएका प्रमुख अतिथि बिनोद भट्टराईले छोटो समयको इलामेलीहरुको प्रगतिको खुलेर तारिफ गरे । त्यसैगरि शुभकामना मन्तब्य दिने अतिथिहरुमा समाजसेवी दिल किरण खुजुम, चिरन्जीवी तिमिल्सिना, भेषराज पराजुली लगाएत कतारका संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए ।

सस्थाका अध्यक्ष धन बहादुर बिकको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एनआरएन आइसिसि सदस्य बिनोध भट्टराई रहेका थिए । उपस्थिति सम्पूर्ण दर्शक अतिथिहरुलाई सस्थाकी उपध्यक्ष रेनुका कार्कीले स्वागत गर्दै आफ्नो मन्तब्य राखेको कार्यक्रमको संचालन प्रेम सगर सुबेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend