साझा नेटवर्क
दोहा, माघ २ ।
नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति कतारले ४१ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर आयोजना गरेको सातौ बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
महामानव बिपी कोइराला विसं २०३३ मा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न र नेपाली जनताको स्वाभिमान स्थापना गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ मेलमिलापको नीति लिएर भारत प्रवासबाट लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य लगायतका नेताहरू सहित स्वदेश फर्कनुभएको दिन पुस १६ गतेको स्मरण गर्दै कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गर्दछ । सोहि दिवसको अवसर पारेर जनसम्पर्क समितिले हरेक बर्ष विभिन्न सांस्कृतिक मनोरंजनका साथ बनभोज कार्यक्रमको आयोजना गरेर मनाउदै आइरहेको हो ।
जनसम्पर्क समिति कतारका सभापति केशब भुसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतावास कतारका दित्तीय सचिव हरि अर्याल, बिशेष अतिथि समितिका संस्थापक प्रमुख सल्लाहकार बद्रि पाण्डे, बिशेस अतिथि प्रमुख सल्लाहकार बिमल सुवेदी रहेका थिए । अन्य विशिष्ट अतिथिहरुमा बिधान मस्यौदा समिति संयोजक एवं कांग्रेस महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह, कांग्रेस महाधिवेशन प्रतिनिधि एवं निवर्तमान महामन्त्री धिरज चामलिंग राइ रहेका थिए ।
समितिका सल्लाहकारहरु अर्जुन खड्का, महेश जोशी, मोहम्मद शाकिर अलि, राज रेग्मी, सुनिता पाण्डे संस्थापक सहमहामन्त्री युवराज पाठक संस्थापक सदस्य कमल न्यौपाने लगायत प्रवासी नेपाली मंच कतारका सचिव हरि बस्नेत, जनप्रगतिशील मंच कतारका कार्यवाहक अध्यक्ष रकम ध्वज राई, एनआरएनए गल्फ उपसंयोजकमा उमेश अधिकारी, एनआरएनए आइसीसी सदस्य बिनोद भट्टराइ, कोअप्ट मेम्बर आरके शर्मा, आइसीसी सल्लाहकार टीबी कार्की एनआरएनए एनसीसीका उपाध्यक्ष प्रविन गुरुङ, बुद्दिजीवी समाजसेवी कमलमणि गुरागाई, बिल गुरुङ, होमनाथ शर्मा शनि ओली, दिलकिरण खुजुम व्यवासायी बिकाश प्रसाई, जनसम्पर्क समितिका संस्थापक सदस्य कुमार कार्की, व्यवासायी धन बलायर, अब्दुल वासिद, परसुराम दाहाल, बसन्त फिलिम्स प्रालिका म्यानेजिंग डाइरेक्टर इश्वर काफ्ले नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाली मुस्लिम समाजका अध्यक्ष अब्दुल हाफिज नेपाली महिला समाज कि उपाध्यक्ष आमिना खान लगायत विभिन्न बैचारिक, सामाजिक, कला, साहित्यिक, धार्मिक, जिल्ला स्तरीय संघ संस्था र बुद्दिजीवी व्यवसायी पत्रकारहरु, अतिथि लगायत ४०० भन्दा बढी कांग्रेसीजनहरुको सहभागीता रहेको थियो ।
राष्ट्रिय गान, ब्यानर अनावरण र दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा देशका लागि आहुति दिने सहिदहरु प्रति १ मिनट मौन धारणा गरिएको थियो । संस्थाका उपसभापति सुनिल मण्डलले स्वागत मन्तब्य राखेका थिए ।
फेवा सांस्कृतिक परिवार, तमु सांस्कृतिक परिवार , मितेरी फिलिम्स प्रालिका कलाकारहरु राष्ट्रिय गायिका देविका केसी लगायत स्थानीय कलाकारहरुको नृत्य, लोक दोहोरि, हास्यब्यंग र एकल गित संगीतले भरपुर मनोरंजन दिइएको उक्त कार्यक्रममा सहभागी अतिथिहरुले नाचेर साथ दिएका थिए । महामन्त्री मोहम्मद अजिज अलिले संचालन गरेको उक्त कार्यक्रममा सांस्कृतिक बिभाग प्रमुख अबु अलिले सांस्कृतिक कार्यक्रमको जिम्मेवारी बहन गरेका थिए ।
प्रमुख अतिथि हरि अर्यालले जनसम्पर्क समिति प्रवास रहेर देश र समाजका लागि केहि गर्ने उदेश्य सहित स्थापित संघ संस्थाहरुले यसरि सबैलाइ समेटेर पारिवारिक बाताबरणको कार्यक्रम गर्नु बीपीको राष्ट्रिय मेलमिलापकै मर्म पनि भएको भन्दै कार्यक्रमलाइ शुभकामना दिएका थिए । त्यसैगरी बिशेष अतिथि बद्रि पाण्डेले बिपीको मेलमिलापको नीति अहिलेको देशको परिस्थिति संग निक्कै सान्दर्भिक रहेको भन्दै प्रवासबाट मेलमिलापको शन्देश दिने हेतुले गरिएको कार्यक्रम प्रति आयोजकलाइ धन्यबाद ब्यक्त गरेका थिए ।
कार्यक्रममा मन्तब्य राख्नेहरुमा समाजसेवी कमलमणि गुरागाई, बिल गुरुङ, सनि ओली, एनआरएनए कोअप्ट मेम्बर आरके शर्मा, पत्रकार महासंघ अध्यक्ष गणेश बन्जाडे, मुस्लिम समाज अध्यक्ष अब्दुल हाफिज महिला समाज उपाध्यक्ष आमिना खान प्युठान सेवा समाजका अध्यक्ष मानबहादुर केसी, जिल्ला संघसंस्था समन्वय समितिका अध्यक्ष सुदर्शन भट्टले बिपी र मेलमिलापका बारेमा आ-आफ्ना धारणा राख्दै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाइ सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै सभापति केशब भुसालले कार्यक्रमको समापन गरेका थिए ।













© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend