logo
  • शनिबार, भाद्र २० २०८३

अनेसास नबोदितको ६५ औ डबली सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दीलिप पराजुली, दोहा ।
दोहामा स्थापित साहित्यिक सस्थाहरु अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज र नबोदित साहित्यिक वाचनालय कतारले आफ्नु ६५औ डबली सम्पन्न गरेको छ । हरेक महिना झैँ महिनाको दोश्रो शुक्रबार हुदै आएको डबलीमा विशिष्ट स्रोताको रुपमा नेपाल इन्जीनियर एसोसिएसन कतारका उपाध्यक्ष बिरेन्द्र कुमार शाह रहेका थिए ।अन्य डबली भन्दा निकै फरक भएको यो डबलीमा महकबी विद्यापति को ५६८औ स्मृति दिवस समेत मनाइएको छ । महकबी विद्यापति मैथिली भाषाका निकै लोकप्रिय कबि मानिन्छन । विद्यापति को सम्झनामा निकै मैथिली सर्जकहरुले आफ्नु गजल, कविता बाचन गरेका थिए ।

कार्यक्रमलाई निकै साहित्यिक माहुलमा संचालन गरेका थिए कार्यक्रमका संयोजक बिन्देश्वेर ठाकुरले भने महाकबी विद्यापतिको जीवनी बारे मैथिली सर्जक शत्रुधन यादबले बाचन गरेका थिए । कार्यक्रममा तीन दर्जन भन्दा बढी सर्जकले आ आफ्नु सिर्जना प्रस्तुत गरेका थिए भने करिब ५० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

प्रवासमा नेपाली साहित्यको बिकाश गर्ने उदेश्यले खोलिएका यी सस्थामा बिभिन्न ब्याक्तिहरुले गजल गएका थिए भने जसमा सिताराम थापा, श्यामराज रानाभाट, माधब पौडेल,शुभ सन्ध्या, बन्धु घिमिरे,युबराज गौतम,प्रदिप कुमार गणेश,शेखर बस्नेत,ईश्वर शाही, चक्र कार्की, प्रेम प्रसाद भट्टराई, मणि पौडेल,दीप मिलनले गजल सुनाएका थिए ।

बिनोद खड्का, तिर्थ संगम राई, राजन राई, मनिष कुमार राय, राम अतित यादब, बेचन महतो, धनेश्वर ठाकुर, दिनेश महरा, सन्तोष अधिकारी, सुरेश भट्टराई र राम नारायण सिंगले कबिता तथा गीतले साहित्यिक माहोल तताएका थिए ।

निधारित समयमा शुरु गर्ने र सक्ने यो कार्यक्रम प्रमुख विशेषता हो । यहा कुनै भाषण र वक्तव्य नहुने भएकाले कार्यक्रम निकै ब्यबस्थित र साहित्यिक भएको कार्यक्रमको अर्को पाटो हो । कार्यक्रमको अन्त्यमा विशिष्ट स्रोता यादबले दोहाको माहोलमा यस्तो सस्था रहेता पनि आफु अनबिग्य रहेको कुरा बताए ।

यतिका धेरै साहित्यिक सर्जक भएको सस्थामा यसरी कार्यक्रमको विशिष्ट स्रोताको रुपमा रहन पाउदा आफुलाई निकै खुशी ठानेको बताए । अन्त्यमा विशिष्ट स्रोता यादबले कार्यक्रमको अझ प्रगतिको कामना सहित डबलीको प्रसंशा गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend