logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीका सडकमा पर्यो ५ करोड बढि रकम


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

प्रेम सुनार, गुल्मी पुष २७ ।
नेकपा माओवादी केन्द्र गुल्मीका नेताहरुले आफ्नो पार्टी सरकारमा भएको वेला गुल्मीका विभिन्न सडकमा फेरी ५ करोड भन्दा बढि रकम पारेका छन् । केन्द्रिय सदस्य बुद्धि जिसीले दिएको विवरण अनुसार गुल्मीका विभिन्न सडकहरुमा गरी कुल ५ करोड २५ लाख रुपैयाँ माओवादी केन्द्र गुल्मीका सवै नेताहरुको पहलमा पारिएको छ ।

उनका अनुसार क्षेत्र नम्वर १ को दिव्रुङ्ग सारङ्ग भञ्ज्याङ्ग सडकका लागि अर्थ मन्त्रलयबाट ४५ लाख रुपैयाँ परेको छ । बडागाउँ मुसिकोट, पौदीअमराई , नेटा , दर्लिङ्ग र वाग्लुङ्ग सम्मको छोटो दुरीको सडकका रुपमा थालनी गरिएको भञ्ज्याङ्ग कालिमाटी चुँदरी गाउँ सडकका लागि ५० लाख रकम पारिएको छ । नक्कली पोखरा मैदान देउराली मुसिखर्क सडक निर्माणका लागि ३० लाख पारिएको माओवादी नेता युवराज केसीले जनाए ।

रातामाटा कल्लावोट कहेलपोखरी मोहरमारे सडकका लागि ३० लाख रुपैयाँ,बाख्रे पुर्खे उरिमडाँडा विरमान सडकका लागि ३५ लाख , नयाँगाउँ रहेज काउले पोखरा अरौदी सडकका लागि ५० लाख पारिएको अर्का माओवादी केन्द्रका नेता भुपाल पोखरेलले जानकारी दिए । कुतलडाँडा शिद्धकापाटी रंगहिले अर्खवाङ्ग सडकका लागि ३० लाख रुपैयाँ पारिएको अर्का नेता अर्जुन बुढा मगरले जानकारी दिए ।

मजुवा पिपलपाटा किसीकोट भञ्ज्याङ्ग सडकका लागि ४५ लाख , ओलीवाङ्ग दिव्रुङ्गदह सिन्दुरे घसे सडकका लागि ५५ लाख रुपैयाँ अर्थमन्त्रालयबाट स्वीकृत गराउन पुर्व सांसद तथा गुल्मीका सह ईञ्चार्ज सुदर्शन वराल र सह संयोजक युवाराज केसीको विशेष पहल रहेको जनाईएको छ । त्यस्तै सोही पार्टीका विद्यार्थी संगठन अनेरास्वव्यु (क्रान्तिकारी का केन्द्रिय सदस्य यदु ज्ञवालीको पहलमा गाङदी सौरीकोट वम्घा सडकका लागि ५५ लाख अर्थ मन्त्रालयबाट स्वीकृत भई सकेको बताईएको छ ।

अर्जेवा न्युरेनी सालिमेदह सडकका लागि ४५ लाख र ईन्द्रगौडा आँपचौर अर्जेवा शान्तिपुर सडकका लागि पनि ५५ लाख रुपैयाँ स्वीकृत भएको माओवादी नेताद्धय वराल र केसीले बताए । थप सडक, अन्य विकास निर्माणमा पनि रकम पार्नका लागि जिल्ला पार्टीले पहल गरी रहेको माओवादी केन्द्र गुल्मीका जिल्ला ईञ्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थीले बताए ।

भञ्ज्याङ्ग कालिमाटी चुँदरीगाउँको सडकका लागि सुरु देखि अगुवाई गरेका माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य खुमबहादुर थापाले यस वर्ष वहुवर्षिय योजनामा उक्त सडक परेकोले अर्को वर्ष पनि त्यति नै रकम पर्न सक्ने बताए । त्यसरी मन्त्रालयबाट पारिएको रकमबाट जिल्ला विकास समिति मार्फत सम्झौता भई काम अगाडी बढाईने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend