logo
  • शनिबार, भाद्र २० २०८३

सरगम सन्जाल युबा क्लबको आयोजना र एकीकृत विकास संघको सहकार्यमा अग्लुङ्गमा वृक्षारोपण सम्पन्न

अग्लुङ्गमा वृक्षारोपण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

चक्र चन्द,साउन ३० गुल्मी । 

“रुख रोपौं, वन जोगाऔं” भन्ने मूल नाराका साथ गुल्मीको मदाने गाउँपालिका वडा नं. १, अग्लुङ्ग स्थित निपानेमा भव्य वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सरगम सञ्जाल युवा क्लब, मधाने १ अग्लुङ्गको आयोजनामा सम्पन्न यस कार्यक्रममा विभिन्न प्रजातिका गरी कुल ७५० वटा बिरुवाहरू रोपिएको थियो । निपाने पार्क तथा गाउँका अन्य आवश्यक सार्वजनिक स्थलहरूमा करिब ८ प्रजातिका बिरुवाहरू लगाइएको क्लबकी उपाध्यक्ष कल्पना खत्रीले जानकारी दिनुभयो । सरगम सञ्जाल युवा क्लबका अध्यक्ष अनिल खत्रीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत विकास संघ (युनेसीन) का अध्यक्ष प्रेमचन्द ज्यूको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा युनेसीनकै सदस्य शेरबहादुर खड्काको पनि विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, कार्यक्रममा गाउँका बुद्धिजीवीहरू, क्लबका पदाधिकारीहरू, समाजसेवीहरू, आमा समूह तथा सम्पूर्ण अग्रज अभिभावकहरूको गरिमामय उपस्थिति रहेको थियो ।बृक्षारोपणको सहजीकरण गौतम न्यौपाने र विवश विष्टले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका पूर्व अध्यक्ष बाबुराम खत्रीले गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि एवं एकीकृत विकास संघ (युनेसीन) का अध्यक्ष प्रेमचन्दले संस्थाले गाउँठाउँमा विभिन्न किसिमका सामाजिक सहयोगका कार्यहरू गर्दै आएको उल्लेख गर्नुभयो । विगतमा पनि विभिन्न ठाउँमा यस्तै किसिमका वृक्षारोपण कार्यहरू गरिएको र धेरै विद्यालयहरूमा निःशुल्क छात्रवृत्तिसमेत प्रदान गरिएको जानकारी दिँदै उहाँले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, कार्यक्रममा क्लबका पूर्व अध्यक्ष शेरबहादुर खत्रीले मन्तव्य राख्दै आफ्नो ठाउँमा यस्तो महत्त्वपूर्ण कार्यक्रम ल्याउन पाउँदा अत्यन्तै खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरूमा पनि यस्ता सामाजिक विकासका कार्यहरू निरन्तर हुनुपर्नेमा जोड दिँदै सहयोगका लागि एकीकृत विकास संघलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष एवं क्लबका अध्यक्ष अनिल खत्रीले मन्तव्य राख्दै यस वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन विशेष रूपमा साथ र सपोर्ट दिनुहुने एकीकृत विकास संघ (युनेसीन), मदाने गाउँपालिका, गुल्मी, तथा मदाने मालिका सबडिभिजन वन कार्यालय प्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको  ।

उहाँले यी निकायहरूको अमूल्य साथ र सहयोगले नै कार्यक्रम सफलतापूर्वक सम्पन्न हुन सकेको बताउँदै समाजप्रतिको यो माया आगामी दिनमा पनि निरन्तर रहनेमा आफूहरू पूर्ण विश्वस्त रहेको कुरा क्लबकी उपाध्यक्ष कल्पना खत्रीले बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend