logo
  • शनिबार, साउन ३० २०८३

नेशनल मेडिकल कलेजमा ‘स्पोर्ट्स वीक २०८२’ सुरु, उद्घाटन समारोह भव्य


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 रंजित चौरसिया,वीरगंज २२ चैत। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजद्वारा आयोजित ‘स्पोर्ट्स वीक २०८२’ अन्तर्गत उद्घाटन कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कलेज परिसरस्थित फुटबल मैदानमा बिहान ९:३० बजेदेखि सुरु भएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रम कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा प्रबन्ध निर्देशक शहनवाज अंसारीको उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा एडमिशन तथा मार्केटिङ निर्देशक अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, उप–प्राचार्य डा. रवि शंकर गुप्ता, डेन्टल उप–प्राचार्य प्रा. डा. सरोज देव, नर्सिङ निर्देशक प्रा. गंगा गुरुङ तथा नर्सिङ क्याम्पसकी उप–प्राचार्य प्रा. बबिता सिंहलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन स्पोर्ट्स चेयरपर्सन प्रा. डा. आनन्द कुमार चौरसिया, सदस्य सचिव जाफ्रे आलम अंसारी तथा को–अर्डिनेटर मोहम्मद फिरोजको सक्रिय भूमिका रहेको थियो। साथै मधेश प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान हाशिम अंसारीको विशेष उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि अध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथिहरूले मन्तव्य व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूमा अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।

उद्घाटन अवसरमा विभिन्न संकायका विद्यार्थीहरूले आकर्षक मार्चपास्ट प्रस्तुत गरेका थिए। स्वयंसेवकहरूलाई खेल सामग्री वितरण गर्नुका साथै बलुन उडाएर कार्यक्रमलाई उल्लासमय बनाइएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थी र शिक्षकबीच मैत्रीपूर्ण उद्घाटन खेल सम्पन्न भएको थियो, जसले सम्पूर्ण वातावरणलाई ऊर्जा र उत्साहले भरिएको बनाएको थियो। कार्यक्रममा आईटी, मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। स्पोर्ट्स वीक २०८२ अन्तर्गत आगामी दिनहरूमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने कलेजका प्रेस सल्लाहकार आशिक अंसारीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend