logo
  • शनिबार, साउन ३० २०८३

खत्रि परिवारद्वारा सत्तल प्रतिक्षालय निर्माण


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ फागुन ७ ।
मुसिकोट नगरपालिका वडा नं. २ निवासी स्वर्गिय कालिका खत्रिको स्मृतिमा खत्रि परिवारले सुदिघाटमा सत्तल प्रतिक्षालय निर्माण गरेको छ। स्वर्गिय खत्रिका श्रीमान् कृष्ण बहादुर खत्रि तथा उहाँका छोराहरु भेष बहादुर, हरि बहादुर, मन बहादुर, कौरब बहादुर तथा छोरीहरु कमला, जमुना, मञ्जु, सिता सहित परिवारले सो पुण्य कार्य गरेको हो।

सो सत्तल सहित सोहि स्थानमा खानेपानी धारा सहित व्यवस्थापन गरेको स्वर्गिय खत्रिका छोरा कौरबले जानकारी दिनुभएको छ। कुल ३ लाख लागतमा निर्माण गरिएको सो सत्तल प्रतिक्षालयलाई विहिवार वार्षिकिको अवसरमा हस्तान्तरण गरिएको छ। सो हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रविन्द्र खत्रिले परिवारको पुण्य कार्यको लागि धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो।

श्रीमतिको नाममा आफुले सत्तल प्रतिक्षालयको कल्पना गरेको भन्दै श्रीमान कृष्ण बहादुर खत्रिले समयमै हस्तान्तरण गर्न पाउँदा खुसि लागेको बताउनु भएको थियो। स्थानियको रोहवरमा प्रतिक्षालयको संरक्षण हुने अपेक्षा व्यक्त गर्नुभएको खत्रिले परिवारको साथका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा स्थानिय छिमेकी, आफन्तजनहरुको सहभागिता रहेको थियो। पुराना सत्तल जिर्ण भएकोकारण शव दहन क्षेत्रमा पानीपर्दा समस्या हुने गरेको थियो। नयाँ सत्तल प्रतिक्षालय निर्माण भएपछि स्थानियहरु समेत खुसि भएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend