साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन ७ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँ समिति वडिगाडको आयोजनामा छैठौं गाउँ परिषद तथा एम एल एल (March ) कार्यक्रम खार बजारमा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बाबुराम नेपालीले देशमा बैदेसिक हस्तक्षेप बढि रहेको ले जनताको स्वाधिनताको लागी एकतावद्ध हुनुपर्ने छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष विष्णु प्रसाद भुसाल, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष कृष्ण भट्टराई, एमाले बडिगाड गाउँकमिटी अध्यक्ष कमलराज आचार्य, संगठनका सल्लाहकार तिर्थमणी भुसाल, जिल्ला सदस्य ढालमणी भण्डारी, पूर्व अध्यक्ष वेद प्रसाद पोखरेल, प्रेस चौतारी नेपाल वागलुङका अध्यक्ष कमल पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नव स्थायित्व हुने, बढुवा र निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम अध्यक्ष पुर्णपती कंडेलको अध्यक्षता, उपाध्यक्ष यज्ञ घिमिरेको स्वागत मन्तव्य तथा सचिव बुद्धिवल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend