logo
  • शनिबार, साउन ३० २०८३

रिघामा एमालेको निर्वाचन लक्षित कार्यक्रम


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ माघ २३।
गलकोट नगरपालिका वडा नं ११ रिघामा नेकपा एमालेले चुनावी कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ क्षेत्र नं २ की प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई विजयी गराउन एमालेले मतदाता भेटघाट, घरदैलो तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य समेत रहनु भएकि चालिसेले यस क्षेत्रका समस्या र आवश्यकता आफूले नजिकबाट बुझ्दै आएको उल्लेख गर्दैसूर्य चिन्हमा मतदान गरी अत्यधिक मतसहित विजयी गराउन अपिल गर्नुभयो ।

सो अबसरमा सो अवसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य बावुराम नेपाली, नेकपा एमाले जिल्ला कार्यवाहक अध्यक्ष विष्णु भुषाल, पार्टीका जिल्ला सचिवालय सदस्य डम्मर श्रीस, जिल्ला सदस्य बल बहादुर पु्न, जिल्ला सल्लाहकार सुवेदार नरेन्द्र घर्ती काउचा, गलकोट नगर सचिव दान बहादुर श्रीस, नगर सल्लाहकार धनिश्वर सापकोटाले देश विकासका लागि एमालेको जित आवश्यक रहेको धारणा राखेका थिए।

सो अवसरमा बल बहादुर पुन ईन्चार्ज रहने गरी देवेन्द्र पुनको संयोजकत्वमा १ सय १ सदस्यीय वडा निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । कमिटिको उपसंयोजकमा केहरसिंह बि.क, सचिवमा तेजेन्द्र श्रीस र उपसचिवमा राम बहादुर राना रहनुभएको छ ।

बैठक नेकपा एमाले गलकोट नगरपालिका वडा नम्वर ११ का पार्टी अध्यक्ष देबेन्द्र पुनको अध्यक्षता, उप–सचिव राम बहादुर रानाको स्वागत र सचिव तेजेन्द्र श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend