logo
  • शनिबार, साउन ३० २०८३

चुनाव नजिकिए सँगै नेकपा एमाले निर्वाचन लक्षित कार्यक्रममा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बागलुङ, माघ २० ।
नेकपा एमालेले आगामी निर्वाचनका बागलुङ क्षेत्र नं २ मा पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार मञ्जु शर्मा चालिसेलाई अत्यधिक मत सहित विजयी गराउनको लागि गलकोट नगरपालिका वडा नं ३ मा निर्वाचन परिचालन कमिटी बनाएको छ ।

मंगलबार बसेको पार्टी कमिटिको बैठक तथा अन्तरकृयामा कार्यक्रमले पार्टीका वडा कमिटी अध्यक्ष हर्क पन्तको संयोजकत्वमा ८१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य डम्मर बहादुर श्रीस, गलकोट नगर कमिटी उपाध्यक्ष ईश्वर बोहोरा क्षेत्री, नगर सचिव दान श्रीसले मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै नेकपा एमालेले पार्टी पंक्तिलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुन अपिल समेत गरेको छ । अहिलेको निर्वाचन देश बनाउने र जलाउने विचको प्रतिस्पर्धा भएको बताउदै मुलुकको समृद्धि र विकासको लागि एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा एमालेले जोड दिएको छ ।

राष्ट्र, राष्ट्रियता र मुलुकको सार्वभौमिकताको रक्षाका लागि एमालेको विकल्प नरहेको उल्लेख गर्दै पार्टी भित्रका झिना मसिना विषयमा नअल्झिन कार्यकर्तालाई निर्देशन समेत दिईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend