साझा नेटवर्क
देवेन्द्र के.सी. २० माघ । स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा आयोजित पाँचौं राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८२ को उत्कृष्ट तिन मनोनयन सार्वजनिक भएको छ । लोक तथा दोहोरी गीत संग सम्बन्धीत २६ बिधामा उत्कृष्ट तिन मनोनयन सार्वजनिक गरीयको हो ।
यही फागुनको पहिलो साता यस अवार्डको फाईनल कार्यक्रम गर्ने लक्ष्य रहेको कुरा चर्चित मोडल तथा अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी दिए । अवार्डको फाईनल कार्यक्रममा लोक गीत संगीतमा लामो समय देखी योगदान दिंदै आउनु भएका करिब एक दर्जन अग्रज देखी अनुज सम्मका कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
यस भन्दा अगाडिका संस्करणहरु निष्पक्ष अनि भब्यताका साथ सम्पन्न भएका कारणले पनि यो पाँचौ संकरणमा पनि धेरै कलाकारहरुको उत्साहजनक सहभागीता रहने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न हुने कुरामा आशावादी रहेको कुरा कार्यक्रमका अध्यक्ष गैरे बताए । उत्कृष्ट तिन मनोनयन सुचि यसप्रकार रहेको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend