logo
  • शनिबार, साउन ३० २०८३

एमाले ढोरपाटनको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ्ग माघ १५ ।
नेकपा एमाले ढोरपाटन नगरकमिटिको विस्तारित बैठकले प्रदेश कमिटि सदस्य लक्ष्मण पुनको संयोजकत्वमा ३ सय १ सदस्यिय नगरपालिका स्तरीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ। नगरकमिटि अध्यक्ष चुना घर्ति सचिव रहेको सो कमिटिमा ढोरपाटन नगरपालिका भित्र रहेका जिल्ला कमिटि, गाउँकमिटि र वडा कमिटिका सदस्य तथा टोल कमिटिका संयोजक तथा जनवर्गिय संगठनका प्रमुखहरु सदस्य रहने एमालेले जनाएको छ।

बैठकले पार्टिका नगरकमिटि उपसचिव शान्ति पौडेल संयोजक तथा अनेमसंघ ढोरपाटनका अध्यक्ष खगिसरा पाण्डे सचिव रहेको १ सय ११ सदस्यिय महिला परिचालन कमिटि, युवा संघका जिल्ला कमिटि सदस्य शिवराज कंडेल संयोजक, तथा सुदर्शन विश्वकर्मा सचिव रहेको १ सय ५५ सदस्यिय युवा परिचालन कमिटि गठन गरेको छ।

त्यस्तै निर्वाचनको लागि वडा नं. १ मा ज्ञान प्रसाद कंडेल, वडा नं. २ मा डिल बहादुर कुमाल, वडा नं. ३ मा युवराज महत, वडा नं. ४ मा श्याम कुमारी जिसि, वडा नं. ५ मा करमति पुन, वडा नं. ६ मा उमेश बुढा, वडा नं. ७ मा चुना बहादुर घर्ति, वडा नं. ८ मा नन्दे सुनार र वडा नं. ९ मा हरि बहादुर घर्ति लाई वडा समन्वयको जिम्मेवारी तोकिएको निर्वाचन परिचालन समितिका संयोजक विष्णु भुसालले जानकारी दिनुभएको छ।

त्यस्तै बैठकले ढोरपाटन नगरपालिकामा माघ २४ गते देखि २९ गते सम्म वडा स्तरीय भेटघाट तथा चुनाव प्रचार प्रसारको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। विहिवार भएको ढोरपाटन नगरपालिका स्तरीय विस्तारित बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का उमेद्वार मञ्जु शर्मा चालिसेले मध्येपहाडि लोकमार्गको स्तरउन्नती गर्दै सो पहुँचबाट आर्थिक आर्थिक सम्वृद्धि हासिल गर्न र सो को पहलकदमीको लागि आफ्नो उमेद्वारी भएको बताउनु भएको छ।

बुर्तिवाङको शहरीकरण संगै गाउँलाई उत्पादनको केन्द्र बनाउन उपयुक्त पहल आवश्यक भएको भन्दै स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवलाई सेवामा रुपान्तरण गर्दै पछाडिपरेको समुदायलाई मुलधारमा ल्याउन भूमिका खेल्ने बताउनु भएको छ। कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनले राष्ट्रहितको लागि एमालेको बहुमतको सरकार आवश्यक रहेको भन्दै सुर्य चिन्हमा मतदान गर्न मतदाताहरुलाई अपिल समेत गर्नुभएको छ।

कार्यक्रममा प्रदेश कमिटि सचिवालय सदस्य बाबुराम नेपाली, प्रदेश कमिटि सदस्य टंक पौडेल, प्रदेश कमिटि सदस्य लक्ष्मण पुन, जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष विष्णु भुसालले राष्ट्रियता र स्वाधिनताको रक्षा संगै देशको समृद्धिको लागि एमालेको आवश्यकता बढि खड्कीएको भन्दै विभिन्न भ्रम चिर्दै जनतामा पुग्नु सवै पार्टि कार्यकर्ताको दायित्व हुने बताउनु भएको छ।

बैठकमा वडा इन्चार्जहरुले वडा स्तरको अवस्था जानकारी गराउनुभएको थियो। कार्यक्रम नगरकमिटि अध्यक्ष चुना बहादुर घर्तिको अध्यक्षता, उपाध्यक्ष फारम कुँवरको स्वागत मन्तव्य तथा जिल्ला कमिटि सदस्य राम प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend