साझा नेटवर्क
दर्शन सुनार, कतार माघ १४ ।
कतारमा स्थापना भएका सामाजिक संघ संस्था मध्यकै पुरानो र कतारमा पहिलो स्थापना भएको सामाजिक संस्था खोटाङ सेवा समाज कतारले आफ्नो “२९औँ वार्षिकोत्सव तथा शुभकामना आदान प्रदानसहित विविध सांस्कृतिक” कार्यक्रमको आयोजना गर्ने भएको छ।
कतारमा रहेका खोटाङका जिल्ला वासीहरूलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिमा अत्यन्तै सक्रिय रूपमा रहँदै आएको खोटाङ सेवा समाज कतारले संस्था स्थापना भएको २९ वर्ष पूरा भएको अवसरमा उक्त कार्यक्रम गर्न लागेको हो।
“२९औँ वार्षिकोत्सवलाई थप रँगिन र आत्मीय बनाउन अनेसास केन्द्रका सांस्कृतिक विभागका संयोजक कवि तथा गजलकार महेश्वर पन्त कतार आउने समाजका अध्यक्ष डिल्ली शेर खड्काले जानकारी दिएका छन् । कवि पन्तको विशेष साहित्यिक प्रस्तुति सँगै कतारमा रहेर निरन्तर साहित्य साधनामा जुटिरहेका साहित्यकारहरूद्वारा गजल तथा कविता वाचन गरिनेछ। साहित्यका रसिला शब्द, गजलका सुरिला पङ्क्ति र कविताका भावनात्मक अभिव्यक्तिले कार्यक्रमलाई अझै रोमाञ्चक, हृदयस्पर्शी र अविस्मरणीय बनाउने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।
शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रममा कतारमा रहेका स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ,जसले कार्यक्रमलाई अझ भव्य सांगीतिकमय र थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।
आगामी ३० जनवरी २०२६ का दिन फूलबारी रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजे देखि कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको छ । समाजले सम्पूर्ण खोटाङवासी तथा कतारमा स्थापित विभिन्न सामाजिक संघ,संस्था बुद्धिजीवी तथा समाजसेवी कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिन आग्रह समेत गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend