logo
  • शनिबार, साउन ३० २०८३

एमाले बडिगाडको विस्तारित बैठक सम्पन्न, निर्वाचन परिचालनको लागि विभिन्न समिति गठन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बाग्लुङ माघ १२ ।
नेकपा एमाले बडिगाड गाउँकमिटिको विस्तारित बैठक ग्वालीचौरको खारबजारमा सम्पन्न भएको छ। बैठकले नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनको संयोजकत्वमा ३ सय ३१ सदस्यिय पालिका स्तरीय निर्वाचन परिचालन कमिटिको गठन गरेको छ। जसको सचिवमा बडिगाड गाउँकमिटि अध्यक्ष कमलराज आचार्य रहनुभएको छ। त्यस्तै जिल्ला कमिटि सदस्य थुमा सापकोटा संयोजक तथा जिल्ला कमिटि सदस्य केशमाया छन्त्याल सचिव रहनुभएको १०१ सदस्यि महिला परिचालन समिति गठन गरेको छ।

जिल्ला कमिटि सदस्य हितमान शेरचनको संयोजकत्वमा गठित १०१ सदस्यिय युवा परिचालन समितिको सचिवमा जिल्ला कमिटि सदस्य दिनेश थापा रहनुभएको छ। पार्टिले निर्वाचन परिचालनको लागि कार्यवाहक अध्यक्ष विष्णु भुसालको संयोजकत्वमा ११२५ सदस्यिय मुल निर्वाचन परिचालन कमिटिको गठन गरिसकेको छ। जसको सदस्यमा प्रदेश कमिटि, सल्लाहकार, पूर्व प्रदेश कमिटि, जिल्ला कमिटि, पालिका कमिटि र वडा कमिटिका पदाधिकारी रहने पार्टिले जनाएको छ।

त्यस्तै निर्वाचन प्रचारलाई थप व्यवस्थित बनाउन प्रदेश कमिटिवाट सुनिल शेरचन, बाबुराम नेपाली, टंक पौडेल, लक्ष्मण पुन, संजय श्रेष्ठ, तिलक उप्रेती र उदिम छन्त्याल रहेको निर्देशक कमिटिको समेत गठन गरेको छ। युवा संयोजनमा क्षेत्र नं. २ को लागि रेशम घर्तिको संयोजकत्वमा १०५ सदस्यिय युवा परिचालन कमिटि गठन गरेको एमालले करमति पुनको संयोजकत्वमा १०५ सदस्यि महिला परिचालन कमिटिको गठन गरेको छ।

मतदाता शिक्षाको लागि प्रत्येक वडामा ४ जना महिला स्वयंसेवक परिचालन गर्ने निर्णय भएको निर्वाचन परिचालन समितिका संयोजक विष्णु भुसालले जानकारी दिनुभएको छ । सोमवार भएको बडिगाडको विस्तारित बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं. २ का उमेद्वार मञ्जु शर्मा चालिसेले स्थानिय मुद्धा राष्ट्रियकरण गर्दै समस्या समाधानमा पहलकदमि लिन र राष्ट्र रक्षाको पहरेदारी गर्न पूर्ण तत्परताका साथ आफू उमेदवार बनेको बताउनु भएको थियो।

त्यस्तै प्रदेश कमिटि सचिवालय सदस्य सुनिल शेरचनले राष्ट्रहितको लागि एमालेको बहुमतको सरकार आवश्यक रहेको भन्दै सुर्य चिन्हमा मतदान गर्न मतदाताहरुलाई अपिल समेत गर्नुभएको छ। कार्यक्रममा जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष विष्णु भुसालले राष्ट्रियता र स्वाधिनताको रक्षा संगै देशको समृद्धिको लागि एमालेको आवश्यकता बढि खड्कीएको भन्दै विभिन्न भ्रम चिर्दै जनतामा पुग्नु सवै पार्टि कार्यकर्ताको दायित्व हुने बताउनु भएको छ।

कार्यक्रममा जिल्ला कमिटि सदस्य ढाल प्रसाद शेरचन, विष्णु प्रसाद आचार्य लगाएतले बोल्नुभएको थियो। कार्यक्रम गाउँकमिटि अध्यक्ष कमलराज आचार्यको अध्यक्षता तथा उपाध्यक्ष विष्णु केसिको सञ्चालनमा सम्पन्न भएको थियो।

बैठकले बुर्तिवाङ र हटिया बजारमा सम्पर्क कार्यालय सञ्चालन गर्ने, माघ १६ गते देखि तमानखोलाको लाममेलाबाट घरदैलो कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ। ताराखोला र गल्कोटमा विस्तारित बैठक सम्पन्न गरेको एमालेले १३ गते तमान, १४ गते निसि तथा १५ गते ढोरपाटनमा विस्तारित बैठक गर्न लागेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend