साझा नेटवर्क
रंजित चौरसिया, वीरगंज माघ १२।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुशिल कुमार कानुलाई मतदाताहरुले अरु पुराना दल जस्तो जथाभावि वाचा कसम नगर्न सुझाव दिएका छन् । सस्तो लोकप्रियताका लागि विना योजना कहिले वृद्धा आश्रम बनाईदिने त कहिले घरमा मोटर दिलाईदिने जस्ता वाचा कसम नगर्न उनका क्षेत्रका मतदाताहरुले सुझाव दिएका छन् ।
विहान पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ को पशुपति नगर, कोइलाभारमा घरदैलो अभियानमा पुगेका रास्वापा युवा उम्मेदवार सुशिल कुमार कानुलाई सांसदले जनताको आवाज उठाउने, जनताले सहज पाउने सेवा सुविधाका लागी सरल रुपमा कानुन बनाउने र सरकारको काम कारबाही माथि निगरानी गर्ने जिम्मेवारी रहेकाले सोहि अनुसार वाचा कसम गर्न मतदाताहरुले सझुाव दिएका छन् ।
पटक पटक झुठा वाचा कसम गरेर जनतालाई ठगेका उम्मेदवारहरु जस्तै सांसदको माताहतमा नपर्ने समान्य चटकका कार्यक्रमहरु समेत नगर्न मतदाताहरुको आग्रह थिए ।
सांसदले मुख्य रूपमा देशका लागि आवश्यक कानुन निर्माण र संशोधन गर्ने, बजेट र सरकारी नीतिमाथि छलफल गर्ने, मन्त्रालय तथा सरकारका निर्णयहरूबारे प्रश्न उठाउने र संसदीय समितिमार्फत विभिन्न विषयमा अध्ययन तथा अनुगमन गर्ने काम गर्छ ।
यसका साथै, आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्या—जस्तै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी, सेवा सुविधा र विकासका आवश्यकताहरू—संसदमा पुर्याउने र समाधानका लागि पहल गर्ने भूमिका खेल्ने सांसदको महत्त्वपूर्ण कर्तव्य हो । सोहि अनुसार जनतासँग यथार्थपरक र जिम्मेवार वाचा गर्न मतदाताहरुको आग्रह थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend