साझा नेटवर्क
गुल्मी ५ माघ । माघ ३ गतेदेखि ५ गतेसम्म रेसुङ्गा माध्यमिक विद्यालयमा रेसुँगा नगरपालिकाद्वारा संचालित राट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा संचालित उक्त रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबैभन्दा धेरै पदक १० स्वर्ण पदक , १२ रजत र ११ कास्यपदक सहित रेसुङ्गा माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।

त्यसैगरी महेन्द्र माध्यमिक विद्यालयले ९ स्वर्ण पदक , ८ रजत र १३ कास्यपदक सहित द्वितीय स्थान प्राप्त गरेको छ भने ९ स्वर्ण पदक , ४ रजत र ५ कास्यसहित सिद्धबाबा माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको छ ।
खेलकुदका विभिन्न विधा भलिबल , कबड्डी , मार्शल आर्ट , एथलेटिक्स लगायतका खेलहरुमा रेसुंगा नगरपालिकाका १९ विद्यालयले भाग लिएका थिए ।
रेसुङ्गा नगरपालिकाको शिक्षा शाखाको आयोजनामा संचालित उक्त रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सँगै शिक्षा शाखाले अवकाश प्राप्त शिक्षक, एस.ई.ई प्ररीक्षामा सत प्रतिशत विद्यार्थि उत्तीर्ण गराउने विद्यालय र विषय शिक्षक र उकृष्ट जिपिए ल्याउने विद्यार्थिहरुलाई सम्मान गरेको थियो । उकृष्ट अंक ल्याउने विद्यार्थिहरुलाई नगर राशीसहित सम्मान गरेको थियो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend