logo
  • शनिबार, साउन ३० २०८३

सिन्धुली सेवा समाज कतारको १२औँ अधिवेशन सम्पन्न, अध्यक्षमा निर सर्वसम्मत


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार पुस २७।
सिन्धुली सेवा समाज कतारले निर बहादुर सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै १२ औ” अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । अधिवेशनले जिल्लाका फिकल गाउँपालिका वडा न ५ का सुनुवारको अध्यक्षतामा ११ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागी नयाँ नेतृत्व चयन गरेको हो।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा दीर्घ माझी,प्रथम उपाध्यक्षमा कुमारी बेलि गोले (सबिता), द्वितीय उपाध्यक्षमा राजु गोले,महासचिवमा राज आले मगर,सचिवद्वयमा विनोद राना मगर र गंगा बहादुर सुनुवार रहेका छन् ।कोषाध्यक्ष पद भने रिक्त रहेको छ भने सह-कोषाध्यक्षमा प्रदीप सारू मगर रहेका निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा शर्मिला भुजेल लाल गोले तामाङ र यम कुमारी मगर रहेका छन् । बाकी रहेका रिक्त पद नयाँ कार्यसमितिले पहिलो बैठकमा मनोनीत गर्ने जनाएको छ । निर्वाचन समितिका संयोजक पुरुषोत्तम सुनुवारले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

समाजका अध्यक्ष कृष्ण बर्माको सभापतित्व तथा गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्य तामा अधिवेशन सम्पन्न भएको हो । विधिगत रूपमा समुद्घाटन गरेर अगाडी बढेको अधिवेशनमा समाजका प्रथम उपाध्यक्ष नीर बहादुर सुनुवारले स्वागत मन्तव्य पेस गरेका थिए । संस्थाका पूर्व अध्यक्ष दीर्घ बहादुर बुर्जा मगरले सिन्धुली सेवा समाज कतारको इतिहासमाथि प्रकाश पार्दै संस्थाले स्थापना कालदेखि नै समाजसेवामा पुर्‍याउँदै आएको योगदानको स्पष्ट चित्र प्रस्तुत गरे।

कतारमा रहेका स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहेको अधिवेशनमा कतारमा रहेका विभिन्न सामाजिक,अभियान्ता समाजसेवी बुद्धिजीवीहरूले शुभकामना मन्तव्य बोल्दै सिन्धुली सेवा समाज कतारले स्थापना कालदेखि हालसम्म गरेका सामाजिक गतिविधि तथा प्रवासमा रहेका सिन्धुलीवासीहरूबिच एकता कायम गर्न खेलेको भूमिकाबारे स्पष्ट पारेका थिए । सस्थाले आयोजना गरेका हरेक गतिविधिहरुमा साथ सहयोग तथा संस्थाको गरिमा उचाई राख्न पुर्‍याएको योगदानको उच्च कदर गर्दै समाजका पूर्व अध्यक्ष तथा सल्लाहकारहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका कलाकारहरूलाई प्रशंसा पत्रले समेत सम्मान गरिएको थियो । नेपाल एअरलाईन्सका कन्ट्री म्यानेजर दोग राज क्याप्छाकी मगरले आफ्नो मन्तव्य बोल्दै,कतारमा रहेका नेपालीहरूलाई नेपाल जाँदा,आउँदा केही समस्या परेमा सिधा आफूलाई सम्पर्क गर्न आग्रह पनि गरे । उनले सबैको यात्राको एउटा अनुभव सुखद छ भन्न पनि न सकिने र समय सधैँ एउटै किसिमको न भएको हुँदा आफ्नो देशको सबै नराम्रो र अरुको देशको सबै राम्रो भन्ने नकारात्मक पक्षलाई टाढा राख्न अनुरोध गरे ।

१२ औ” अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले प्रवासमा रहेर पनि समाज सेवामा सक्रिय रहेको सिन्धुली सेवा समाज कतारको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप आपसी एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै श्रमिकहरुको हक र हितमा काम गर्न शुभकामना दिए । उनले अब बन्ने नयाँ कार्यसमितिले कतारमा रहेका नेपाली श्रमिकहरूको हक र हितका लागि थप राम्रा काम गर्नेमा बिश्वास व्यक्त गरे ।

सभापति बर्माले खुल्ला सत्रको समापन गर्दै अब बन्ने नयाँ नेतृत्वले संस्थालाई अझ सशक्त बनाउनुका साथै संस्थाको गरिमा कायम राख्दै समाजसेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । संस्थाको नेतृत्वमा आफ्नो दुई कार्यकाल सम्पन्न गर्न सम्पूर्ण कार्यसमिति समाजका अग्रजहरूको साथ र सहयोगलाई कहिले न बिर्सने बताए ।

उनले “१२ औ अधिवेशन भव्य रूपमा सम्पन्न गर्न विभिन्न कोणबाट साथ-सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरे । अधिवेशनको सहजीकरण सबिता गोले तामाङ र विनोद राना मगरले मिलेर गरेका थिए । कार्यक्रममा सिन्धुली जिल्लाका प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागितामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend