logo
  • शनिबार, साउन ३० २०८३

गल्याङ्ग नगर समाजद्वारा बनभोज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

देवेन्द्र केसी, पुष ११ ।
गल्याङ्ग नगर समाज युएईले २१/१२/२५ आइतबारका दिन नेपाली मौलिक पन्चे बाजा सहित स्याङ्जा भित्रका क्रियाशील संस्थाको सहकार्यमा बृहत बनभोज कार्यक्रम दुबईको सुन्दर शहरी मसाफी फुजेरहामा भब्यताका साथ सप्पन्न गरेको छ ।

गल्याङ्ग नगर समाज युएईले आयोजना गरेको बृहत बनभोज कार्यक्रममा झन्डै ६०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली मात्रै नभई छिमेकी देश भारतका नागरिक सहित साउथ अफ्रिकन नागरिकको समेत उपस्थिति रहेको हामीलाई गल्याङ्ग नगर समाज युएईका महासचिव नवीन न्यौपानेले जानकारी दिनु भएको थियो ।

उक्त कार्यक्रम अध्यक्ष श्याम भुसालको अध्यक्षता तथा सल्लाहकार नेत्रलाल बस्याल राजुको संयोजकत्वमा तथा सरिता भण्डारी ज्यु को सहसंयोजकत्वमा सप्पन्न भएको थियो । कार्यक्रम निकै उत्साहित रहेको थियो ।

उपस्थित दर्शकले नेपाली पन्चे बाजामा नाच्न रमाइलो गर्दै आफ्नै गाउँ घरको जस्तै स्वादिष्ट नेपाली परिकारको खाना खुवाएको भन्दै प्रसंसा सहित धन्यवाद व्यक्त गरेका थिए । लगत्तै आगामी दिनका कार्यक्रम पनि यसैगरी भब्य संग सफल हौन भनी शुभकामना व्यक्त गरेका थिए।

उपस्थित दर्शक मात्रै नभई अन्य संघ संस्थालेले पनि गल्याङ्ग नगर समाज युएईको सफल कार्यक्रमको मुल्यांकन गर्दै सुभकामना तथा बधाई व्यक्त गरेको हामीलाई न्यौपानेले जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend