साझा नेटवर्क
शिव सुबेदी, बुटवल मङ्सिर २६ ।
लु १ ज ३९०८ नम्बरको फोर्स जिप अरुणखोलाबाट पाल्पाको रामपुर आउदै गर्दा मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्तीनजिकै सडकबाट झन्डै ५०० मिटर तल खोल्सोमा खसेको हो ।
घटनामा अहिले सम्म ३ जनाको मृत फेला भएपनि पहिचान खुल्न बाकी रहेको स्थानीयको भनाई छ । छतबाट हामफालेका घाइतेलाई निस्दी गाउँपालिकाको गाडीमा उपचारमा लागि अरुणखोला लगिएको छ ।
गाडी धेरै तल झरेकोले उद्दारको काम चलिरहेको र थप उद्दारका लागि मित्याल प्रहरी चौकीबाट प्रहरीहरु घटना स्थल पुगेको जानकारी प्राप्त भएको छ भने पुरा विवरण आउन बाकि नै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend