logo
  • शनिबार, साउन ३० २०८३

श्री पालु शिद्ध प्राथमिक बिद्यालयमा अक्षयकोष स्थापना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,प्यूठान मंसिर १८ ।

प्यूठानीहरुको एकता,मिलिजुली र सहकार्यको आवश्यकता भन्ने मुल नाराका साथ कतारमा स्थापित सामाजिक सस्था प्यूठान सेवा समाज कतारले गृह जिल्लाको  मल्लरानी गाउँपालिका वडा न: २ मा अवस्थित श्री पालु शिद्ध प्राथमिक बिद्यालयलाई अक्षयकोष स्थापना गर्नको लागि आर्थिक रकम सहयोग गरेको छ।

सस्थाले आफ्नो १६औ स्थापना दिवसको अवसरमा गृह जिल्लामा गरिव तथा अति बिपन्न विद्यार्थीहरुको लागि श्री पालु शिद्ध प्राथमिक बिद्यालयलाई अक्षयकोष स्थापनाको लागि रु:५११५१ (एकाउन्न हजार एक सय एकाउन्न) सस्थाका प्रमुख संरक्षक बलदेव रानाले सो बिद्यालयको प्रधानध्यापक सारदा आचार्य र ब्यबस्थापन समितिका अध्यक्ष सत्य मोहन रानालाई हस्तान्तरण गर्नु भएको थियो।

अक्षयकोष स्थापना कार्यक्रममा मल्लरानी गाउँपालिकाका निवर्तमान अध्यक्ष अमरध्वज रानाको प्रमुख अतिथ्यता रहेको थियो । बिद्यालयकि शिक्षिका मनिशा खनालको संचालन रहेको  सो कार्यक्रममा मल्लरानी गाउँपालिका वडा न: २ का अध्यक्ष लेख बहादुर थापा,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सत्य मोहन राना,प्रधानाध्यापक सारदा आचार्य,पूर्व प्रधानाध्यापक फन्न बहादुर पुन,पूर्व प्रधानाध्यापक चन्द्र वीर खड्का,शिक्षक शिक्षिका,बिद्यार्थी,बुद्धिजीवी साथै सबै अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रधानध्यापक सारदा आचार्यले यो बिद्यालयलाई प्यूठान सेवा समाज कतारले गरेको सहयोग प्रति हार्दिक धन्यवाद दिदै यो अक्षयकोषले बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनुको साथै गरिब तथा अति बिपन्न विद्यार्थीको उज्ज्वल भबिस्यको लागि थप उर्जा मिलेको र अरुलाई पनि यसरी अक्षयकोष स्थापना गर्न आव्हान गरेका थिए ।

प्रमुख अतिथि अमर ध्वज रानाले बिद्यालयको शैक्षिक गुणस्तर सुधार ल्याउन र गरीब बिद्यार्थीको लागि पठनपाठनमा ठूलो मद्दत रहने बताएका छन भने प्यूठानबाट रोजगारीको सिलसिलामा कतारमा रहेता पनि सामाजिक कार्य गरेर सहयोग गर्नु हुने प्यूठान सेवा समाज कतार प्रति हार्दिक आभार व्यक्त गरेका थिए । साथै सस्थाको उत्तरोत्तर प्रगतिको कामना पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend