logo
  • शनिबार, साउन ३० २०८३

प्युठान सेवा समाज दोहा कतारद्वारा विद्यालयमा अक्षयकोष स्थापना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,प्यूठान,कार्तिक १४ ।

प्यूठानीहरूको एकता मिलीजुली र सहकार्यको आवश्यकता भन्ने मूल नाराका साथ २००९ मा स्थापना गरिएको प्यूठान सेवा समाज दोहा कतारले स्थापना कालदेखि प्यूठान जिल्लाबाट रोजगारीको सिलसिलामा कतारमा रहेका प्यूठाननीहरुको समस्यामा परेका दुःखी पीडित असहायहरुको लागि आर्थिक नैतिक भौतिक एबम नेपालमा भै परी आएको समस्याहरूमा सहयोग गर्दै आइरहेको छ ।

सस्थाले आफ्नो १६औ स्थापना दिवसको अवसरमा जिल्लामा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको अक्षयकोष स्थापनाको लागि भब्यता साथ कार्यक्रम गरेको थियो ।कार्यक्रमबाट उठेको आर्थिक रकम आज २०८२ कार्तिक १३ गते झिम्रुक गाउँपालिका वडा नं २ मैदाना स्थित श्री बाल ज्योति प्राथमिक विद्यालयलाई अक्षयकोष स्थापनाको लागि रु:- ५१,१५१/अक्षरुपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ रकम सस्थाका महासचिव टंक प्रसाद पोख्रेलले हस्तान्तरण गर्नु भएको थियो । झिम्रुरुक गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण पोख्रेल प्रमुख अतिथि र सोही वडाका सदस्य बेगम पोख्रेलको सञ्चालनबाट अगाडी बढेको सो कार्यक्रममा प्युठान सेवा समाज दोहा कतारका पूर्व कोषाध्यक्ष नवराज केसी, वि व्य स का अध्यक्ष गिता महतरा, विद्यालयका प्रधानाध्यापक तेजकला चुदाली एबम शिक्षक शिक्षिका, विद्यार्थीहरू साथै सबै अबिभावकहरुको उपस्थिति रहेको थियो ।

सो हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिले आफ्नो देशमा रोजगारीको समस्याले घरपरिवार जिविकोपार्जनको लागि प्रवासमा रहेर पनि आफ्नो देश प्रति महत्वपूर्ण योगदान गर्नु भएकोमा प्यूठान सेवा समाज कतारका सबै टिमहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend