ओम प्रकाश यादव,लहान ३१ असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबेला गम्भीर स्वास्थ्य समस्याबाट जुझिरहेकी छिन् । केही समयअघि उनि विराटनगरको विराट नर्सिङ हस्पिटल उपचार गराउन गएकी पासमानलाइ ब्रेन ट्युमर भएको भनिएको थियो। तर विश्वास नलागेर उनि कसैको सल्लाहमा भारतको सिलिगुडी पुगेकी थिइन त्यहाँ जादा अस्पतालका चिकित्सकहरूले उनलाई त्यहि ब्रेन ट्युमर नै भएको बताए पछी उनि यति बेला हागाबाट झरेझैँ भएछ ।
आर्थिक अभावका कारण अहिले उनको उपचार घरमै रोकिएको छ। रुमाका बुवा इश्वर लाल पासवानका अनुसार छोरीको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। परिवारले उपचारका लागि सम्पर्क र सहयोगका लागि अपिल गर्दै आएको छ, तर आर्थिक अवस्था कमजोर भएकाले आवश्यक उपचार सम्भव नभएको बताइएको छ।
“डाक्टरले तुरुन्तै अपरेसन गर्नुपर्ने भनेका छन्, तर हातमुख जोर्नै मुस्किल पर्ने परिवारको अवस्था भएकाले अस्पताल लैजान सकिरहेका छैनौं,” बुवा इश्वर लाल पासवानले भने। सिरहाकै पत्रकार तथा तराइ मधेश खबरका सहकर्मी विवेक परियारले सामाजिक सञ्जालमार्फत रुमा पासवानको उपचारका लागि सबैमा सहयोगको अपिल गरेका छन्। उनले लेखेका छन्, “रुमाको जीवन रक्षाका लागि साना–ठूला सबै सहयोगले ठूलो अर्थ राख्छ। उहाँको उपचारका लागि जो जति सकिन्छ, सहयोग गरौँ।” स्थानीय युवा, समाजसेवी तथा जनप्रतिनिधिहरूले समेत मानवीय दृष्टिकोणले रुमाको उपचारमा हातेमालो गर्न सबैलाई आग्रह गरेका छन्।
रुमा पासवानको परिवारलाई सानो सहयोगले पनि ठूलो राहत मिल्ने भएकाले इच्छुक शुभेच्छुकहरूले प्रत्यक्ष सम्पर्क गरी सहयोग गर्न सकिने इश्वर लाल पासवानले बताएका छन्। accountNumber 03201607802680000001 accountName BIBEK KUMAR PASMAN bankCode NEBLNPKA accountType YUVA BACHAT KHATA