साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार असोज ३०।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रहदै समाज सेवामा निरन्तर लागिरहेको गुल्मी सेवा समाज कतारले हिन्दु धर्मावलम्विहरुको दोश्रो महान पर्व शुभ-दीपावलीको अवसर पारेर शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।
समाजले शुभ दीपावलीको अवसर पारेर हरेक वर्ष शुभ-दीपावली तथा देउसीभैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ । प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश मै रहेको झल्को मेटाउने कार्यक्रमको लक्ष्य रहेको समाजका अध्यक्ष मित्र वि एसले साझा नेटवर्कलाई जानकारी दिए ।
कार्यक्रममा विशेष आकर्षणका रुपमा देउसीभैलो, मारुनी नाच, सोरठी नाच लगायतका प्रस्तुतिहरु रहने भएका छन । उक्त देउसीभैलो कार्यक्रममा कुनैपनि कमि हुन नदिई उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई स्वदेशमा रहेको झल्को मेटाउने प्रस्तुतीहरु प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्ने कार्यक्रम संयोजक तथा समाजका वरिष्ठ उपाध्यक्ष सुरज चन्दले बताए ।
प्रवासमा रहेका गुल्मेली तथा गैर गुल्मेली कलाकारहरुको साथमा कार्यक्रममा देउसीभैलो, मारुनी नाच, सोरठी नाच, गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने विभिन्न नाचहरु, तथा मगर समुदायमा नाचिने मारुनी नाच समेत प्रस्तुत गरिने बताइएको छ ।
समाजले कतारमा रहेका विभिन्न संघ-सँस्था, समाजसेवी, व्यवसायी, पत्रकार, कलाकार लगायत गुल्मेली तथा गैर गुल्मेली बुवा-आमा, दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा समेत गरेको छ । कार्यक्रम आगामी २४ अक्टोबर २०२५ शुक्रवारका दिन कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend