logo
  • शनिबार, साउन ३० २०८३

रामेछापका पत्रकार दर्नाल कतारमा सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार असोज ५ ।
वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेका रामेछापका पत्रकार प्रकाश दर्नाल “शीतल” सम्मानित भएका छन् । तमु प्ये ल्हु सङ्घ कतारको ५औँ अधिवेशनमा दर्नाल सम्मानित भएका हुन् ।सङ्घले आयोजना गरेका हरेक सामाजिक गतिविधिमा सञ्चारको माध्यमबाट अतुलनीय योगदान पुर्‍याएको भन्दै सङ्घको ५औ अधिवेशन तथा एघारौँ स्थापना दिवसको अवसरमा दर्नाललाई फेटा (क्रेगी) सम्मान पत्र र नगद दश हजार (नेरु) सहित सम्मानित गरिएको हो ।

सम्मान ग्रहणपछि दर्नालले सम्मानले थप जिम्मेवारी बढेको र मिहिनेत गर्न ऊर्जा मिलेको प्रतिक्रिया दिए । उनले तमु प्ये ल्हु सङ्घ कतार प्रति आभार व्यक्त गर्दै पत्रकारितामार्फत पनि समाजसँग जोडिरहने बताए । नेपालमा स्थानीय रेडियोमार्फत पत्रकारिताको शुभारम्भ गरेको बताउने दर्नालले कतारमा सन् २०१९ देखि पत्रकारिता सुरु गरेका थिए । अनलाइन पोर्टल सञ्चार डबलीबाट पत्रकारिता सुरु गरेका उनी सन् २०२२ देखि निरन्तर रूपमा नेपाली जनता खबर अनलाइनमा काम गरिरहेका छन् ।

फरक फरक शैलीमा नेपाली गीत लेख्ने गरेका दर्नाल एक अब्बल सर्जक समेत हुन् । उनले लेखेका गीतहरू पनि नेपाली सांगीतिक  आकाशमा चर्चामा रहेका छन् । दर्नालका बाँच्ने आधार, पागल मान्छे, आफै रुनु पर्ने, मसानघाट लगायतका गीतहरू चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend