logo
  • शनिबार, साउन ३० २०८३

कतारमा ६४ जना नेपालीहरूले गरे रक्तदान 


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार असोज ३ ।
कतारमा स्थापित संस्था कोशी प्रदेश समन्वय परिषद् कतारले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् । नेपाली रक्तदाता सङ्घ कतारको समन्वय तथा प्रदेश मातहतमा रहेका विभिन्न संस्थाहरूको संयुक्त आयोजनामा शुक्रवार कतार नेशनल ब्लड डोनेसन सेन्टरमा कतारमा रहेका नेपालीहरूले रक्तदान गरेका हुन ।

रक्तदान-जीवनदान भन्ने मूल नारालाई आत्म साथ गर्दै महेन्द्र उप्रेतीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो । “मानवीय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई सम्मान पत्र ग्रहण गर्दै परिषद्का अध्यक्ष पदम कुमार घिमिरेले सम्पूर्ण रक्तदाता एवं  सहजीकरण कर्ताहरुलाई हार्दिक आभार सहित धन्यवाद समेत व्यक्त गरेका थिए ।

बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको कार्यक्रममा अन्तिम रक्तदान किरण परियारले गतेका थिए । कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधि,पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend