logo
  • शनिबार, साउन ३० २०८३

एनसिसि कतारद्वारा जेन-जी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति शोकसभा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार असोज २।
सुसासन र भष्ट्रचार मुक्त राष्ट्र निर्माणका लागि भाद्र २३ र २४ गते जेन्जी पुस्ताले गरेको प्रदर्शनमा ज्यान गुमाएका मृतकहरूको सम्झनामा कतारमा शोकसभा कार्यक्रम सम्पन्न गरिएको छ । गैर आवासीय नेपाली संघ एनसिसी कतारले बुधवार साझ संघका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गर्दै आन्दोलनमा ज्यान गुमाएका ७४ जना योद्धाहरूको तस्बिरमा माल्यार्पण गरेर एकमिनेट मौन धारण र दीप प्रज्वलनबाट प्रारम्भ गरिएको थियो ।

कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै हलमा उपस्थित सम्पूर्णले फुल चढाउँदै अन्य घाइते भएका  प्रदर्शनकारी तथा सुरक्षाकर्मीहरूलाई स्वास्थ्य लाभको कामना गरेका थिए । राष्ट्रिय मानव अधिकार आयोग कतारका मोहम्मद रमजान अलि मियाँले जेन्जी पुस्ताहरूले सुशासन र भ्रष्टाचारी विरुद्धको खबरदारीको निमित्त प्रदर्शन गरेको घटनाले देशको राजनीतिक परिवर्तन आए सगैं नयाँ पुस्ताले देशमा सुशासन र समृद्धि ल्याउने आशा जागेको बताए ।

मियाले “नेता जति गाडीमा, हाम्रो बुवा-आमा खाडीमा” भन्ने नाराले आफूलाई समेत छोएको बताउँदै उनी भावुक समेत बने । यो भ्रष्ट्चार विरुद्धको युवा आवाजको आन्दोलनमा ७४ जना नागरिकले बलिदान दिएका योद्धाहरू प्रति हार्दिक श्रद्धासुमन समेत व्यक्त गरे ।

मियाले जेन्जीहरुको आन्दोलन एउटा दुखद परिघटना मात्र नभएर देशको ऐतिहासिक यात्राको एउटा गम्भीर मोड समेत रहेको बताउँदै देशमा सुशासन र पारदर्शिता स्थापित होस भन्ने मागका साथ युवाहरूको रगतको थोपाले नेपाली समाजलाई ब्युँझाई रहने र नागरिकको आँसु रगत र पिडाले देशलाई पुन जागरण ल्याउन इतिहासले प्रमाणित गर्ने बताए ।

एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले शोकसभामा बोल्दै प्रदर्शनमा ज्यान गुमाएका सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रदर्शन सुरुवात भएको २४ घण्टा भित्रै सत्ता पल्टाउने युवा शक्तिको रूपमा पहिलो पटक नेपालका जेन्जी टिमले विश्व रेकर्ड राखेको बताए । भ्रष्ट्राचार विरुद्धको आन्दोलनमा घुसपैठ गरेर एनआरएन एनसिसी कतार घोर भर्त्सना गर्नुका साथै अन्तरिम सरकार सगं छानबिन गर्नको लागी माग रहेको उनको भनाई रहेको थियो ।

 पन्थीले जेन्जीले ल्याएका एजेन्डा र आहुतिलाई  मूल्याङ्कन गर्दै अन्तरिम सरकारले तत्काल निर्णय गर्ने विश्वास व्यक्त गर्दै आन्दोलनमा सहिद भएका कलिला युवाहरूको राष्ट्रप्रतिको बलिदानलाई सम्झेर सम्पूर्ण नेपालीहरूले व्यवस्था परिवर्तन सङ्गै समृद्ध नेपाल निर्माणमा एक ढिक्का भएर लाग्नु पर्ने बताए ।

जेन्जी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गरी सहिद परिवारलाई दश लाख रुपैयाँ राहत दिने र घाइतेहरूलाई निःशुल्क उपचार हुने नेपाल सरकारले घोषणा गरिसकेको छ । प्रदर्शनको क्रममा घाइते भएकाहरूको विभिन्न हस्पिटलहरूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend