साझा नेटवर्क
दर्शन सुनार, कतार भदौ २८ ।
कतारमा स्थापित नेपाली श्रमिक कल्याणकारी सङ्घ कतारले ” जनचेतनामूलक कार्यक्रम २०२५” भव्य रूपमा सम्पन्न गरेको छ । नेपाली सङ्घले शुक्रवार नेपाली श्रमिकहरूको बिच एक कार्यक्रमको आयोजना गर्दै “स्वास्थ्य तथा सामाजिक सुरक्षा सम्बन्धी मूलक कार्यक्रमको साथमा जनचेतनामूलक सम्पन्न गरेको हो । नेपाली श्रमिकका अध्यक्ष गंगा प्रसाद श्रेष्ठको सभा अध्यक्षता तथा समाजका प्रमुख संरक्षक तिल मगरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय मानव अधिकारमा प्रशिक्षक कार्यरत प्रशिक्षक हमिद खानले कतारमा रहेका श्रमिकहरूले आफ्ना पाच ओटा महत्त्वपूर्ण डकुमेन्ट आफ्नो साथमा र भ्यालुट सहितको राख्नु पर्ने बताए । उनले कम्पनीको कन्ट्रयाक पेपर,कतार आइडी आइडी,बैक कार्ड र हेल्थ कार्ड आफ्नो सुरक्षित राख्न श्रमिकहरूलाई आग्रह गर्दै पछिल्लो समय कतारमा घटेका विभिन्न घटनाहरूलाई मध्य नजर गर्दै,आफ्नो महत्त्वपूर्ण डकुमेन्टहरू सोसल मिडियाहरूको प्लेट फर्ममा न राख्न आग्रह गरे ।
हमिदले कतारको नियम कानुन तथा ट्राफिक नियमको बारेमा बताउँदै कतार सवारी साधन चलाउँदा ओभर स्पिड,अनिवार्य रूपमा सिट बेल्ट प्रयोग गर्ने र सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगर्ने र नियम कानुनलाई फलो अप न गरेमा ट्राफिक जरिवानाको विषयमा बताएका थिए ।
स्वास्थ्य सम्बन्धी प्रशिक्षक सन्जु तामाङले हरेक व्यक्तिले हरेक दिन आफ्नो जीवनमा केही आधारभूत नियमहरू बनाएर बानीको रूपमा विकास गर्न सकेमा हाम्रो जीवन स्वस्थ हुने बताइन । उनले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु अति उत्तम रहेको बताउँदै दैनिकी बिहान र बेलुका अनिवार्य एक्सोरसाईज र खानपिनमा विशेष ध्यान दिन आग्रह गरिन ।
उनले थप बिहान र बेलुकाको खानामा प्राकृतिक तथा फलफूल नै प्राथमिकतामा राखेर सिजनअनुसारका फलफूल, सागपात, गेडागुडी, आलु, चना, केराउ, आदि नियमित रूपमा उपयोग गर्न सकेमा स्वास्थ्यमा पौष्टिक आहारको कमी नहुने समेत बताइन ।
प्रशिक्षक सन्दीप सहनीले साइबर सेक्युरिटी सम्बन्धी सचेतना तथा साइबर सुरक्षा र अपराधका बारेमा प्रशिक्षण गर्दै यसबाट हुने हानी नोक्सानीका बारेमा बताएका थिए । सहनीले साइबर सञ्जालसँग जोडिएका व्यक्ति या समूहले प्रयोग गरिरहेका डिजिटल उपकरणहरूबाट विभिन्न सफ्टवेयर प्रयोग गरेर सूचना, डेटा वा कुनै पनि जानकारी बिना पहुँच राख्ने वा चोरी गर्ने तथा साइबर अपराधको बारेमा समेत लामो प्रशिक्षण दिए ।
हमिद खान र निशा पराजुलीले हलमा उपस्थित भएका श्रमिकहरूलाई कतारको नियम कानुन तथा श्रमिकहरूलाई समस्या परेमा कहाँ जाने लगायत विविध विषयमा प्रश्न सोधेर सही उत्तर दिने श्रमिकहरूलाई उपहार समेत प्रदान गरेका थिए । प्रमुख अतिथि तिल विक्रम मगरले आफ्नो मन्तव्य बोल्दै कार्यक्रममा प्रशिक्षक दिएका सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गरे ।
मगरले भर्खरै कतार प्रवेश गरेका नयाँ भाईबहिनीहरुले कतारको नियम कानुनलाई पालना गर्न आग्रह समेत गरे । २०१९ मा “श्रमिकका लागी श्रमिक”भन्ने मूल नाराका साथ स्थापना भएको सङ्घले कतारमा रहेका नेपाली श्रमिकहरूको हक र हितको लागी काम गर्नेछ भन्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रम संयोजक सुरत शाहीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव सन्दीप सहनीले गरेका थिए । सभापति श्रेष्ठले श्रमिकहरूको तय गरिएको सामाजिक सुरक्षा तथा जनचेतनामूलक” कार्यक्रमले कतारमा रहेका श्रमिकहरूलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । सहयोगी संस्थाको रूपमा हामीलाई सहयोग गर्ने बि डब्ल्यु आई कतार प्रति धन्यवाद व्यक्त गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend