साझा नेटवर्क
दर्शन सुनार, कतार भदौ १७ ।
गैरआवासिय नेपाली संघ, एनसिसी कतारको पहलमा कास्कीका पिडित जोगलाल बिश्वकर्मा घर फर्कीएका छन । वैदेशिक रोजगारीको शिलशिलामा गत जुलाईमा कतार आईपुगेका विश्वकर्मा आएको डेढ महिनामै मानसिक समस्यामा परेपछि एनसीसी कतारको श्रमिक विभागले हवाई टिकट व्यवस्थापन गरी सोमवार राती नेपाल पठाएको हो ।
कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाका विश्वकर्मा कतारको सल्वा रोडमा रहेको बाफ अल मन्दी रेष्टुरेन्टमा कार्यरत रहदा मानसिक समस्या देखिएपछि आवश्यक प्रक्रिया तथा हवाई टिकट व्यवस्थापन गरेर नेपाल पठाएको एनसीसी कतारका श्रमिक विभाग संयोजक सन्तोष पौडेलले बताए ।
श्रमिक विभाग संयोजक पौडेल र कास्की आदर्श समाज कतारका पदाधिकारीहरुले विश्वकर्मालाई नेपाल एअरलायन्स मार्फत नेपाल पठाएको र मङ्गलवार बिहान विस्वकर्मा काठमाडौंमा उनको परिवारसगं भेटघाट भैसकेको छ ।
एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले रोजगारीको लागी आएका विश्वकर्मा मानसिक समस्यामा परेको जानकारी पाएपछी निरन्तर खटेर उद्दार गर्नुहुने एनसीसी कतारका श्रमिक विभाग संयोजक सन्तोष पौडेलको नेतृत्वमा रहेको टिम र कास्की आदर्श समाज कतारलाई धन्यवाद व्यक्त गरे ।
पन्थीले नेपाली श्रमिकका हरेक समस्यालाई प्राथमिकतामा राखेर काम गरिने बताउदै एनसीसी कतारले सन्चालन गरेको हट लाईन मार्फत आएका श्रमिकका गुनासाहरुलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग सहित फ्लोअप गर्न समेत आग्रह गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend