logo
  • शनिबार, साउन ३० २०८३

लडेर घाइते भै उपचाररत दर्जिलाई पर्वत समाजको एकलाख बढी सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कतार, भदौ १६ ।
पर्वत समाज कतारले पर्वत जिल्ला फलेबास नगरपालीका वार्ड नं १० कुर्घाका तिल वहादुर दर्जीलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत साउन ८ गते साझ दाउरा काट्ने क्रममा रुखबाट खसेर मेरुदण्डमा गम्भीर चोट लागि पोखरा स्थित गण्डकी अस्पतालमा उपचारत दर्जीलाई समाजले एकलाख दुइहजार तीनसय एक्काइस रुपैया प्रदान गरेको हो ।

स्थापना देखि नै मानवीय सेवामा सक्रिय संस्थाले संस्थाका सह-सचिव सुधा परियार(अञ्जली)का कान्छो बुबा दर्जीको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा थोरै भएपनी सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष सन्तोष क्षत्रीले बताउनुभयो ।

अझै पनि अस्पतालमा उपचाररत रहेका दर्जिलाई उपचारमा ठुलो रकम आवश्यक परेको हुँदा पर्वत समाज कतारका सह-सचिव सुधा परियार(अञ्जली) को संयोजकत्वमा आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गरिएको थियो ।

साथै समाजले अभियानमा सहभागी भई आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण  सहयोगिहरु प्रती आभार व्यक्त गरेको छ । निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत´ भन्ने मुल नारा सहित सन् २००३ मा पर्वत समाज कतार स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend