logo
  • शुक्रबार, असोज ९ २०८३

सहकारीद्वारा स्थानिय खाद्यान्नको प्रवर्द्धन गर्न गाउँमै उद्योग सन्चालन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण भट्टराई, गुल्मी भदौ १५ ।
साना किसान सहकारी संस्थाले मध्य पहाडी भेगमा उत्पादन हुने स्थानीय (मनकामना, देउती, रामपुर कम्पोजिट, अरुण) लगाएतका मकैबाट आटो र पिठो लेभलिङ र प्याकेजिङ गरि बजारीकरणको शुभारम्भ गरेको छ । भाद्र १४ गते साना किसान खाद्य प्रशोधन उद्योगको समुद्घाटन कार्यक्रम साना किसान बडागाउँका अध्यक्ष हरि प्रसाद छन्तेलको अध्यक्षतामा सम्पन्न भेलामा खाद्य प्रसोधन उद्योगको उद्घाटन मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवलाल खरेल (जीवन)ले गर्नुभएको थियो ।

त्यसै गरि कार्यक्रममा नगर उपप्रमुख Ganga Shrestha, पूर्व नगर प्रमुख सोमनाथ सापकोटा, पूर्व नगर उपप्रमुख कमला शर्मा, जिल्ला समन्वय समिती सदस्य साबित्रा भण्डारी, मुसिकोट नगरपालिका वडा नं. ४ का अध्यक्ष जुक्त बहादुर छन्तेल, AKC गुल्मिका प्रमुख नरेश धिताल, NAMP गुल्मिका प्रमुख रमेश जैसवाल, मुसिकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानहरी सापकोटा लगाएत व्यक्तित्वहरुको महत्त्वपूर्ण उपस्थिती रहेको थियो ।

संस्थाका उपाध्यक्ष चुरा बहादुर पछाईको स्वागत मन्तव्य साथै संस्था प्रवन्धक विवेक पेमीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । मध्य पहाडी चिसो हावापानीमा उत्पादन भएको मकैको आटो र पिठो स्वास्थ्य र स्वादको हिसाबले लाभदायक समेत मानिन्छ । स्थानीय बजार तम्घास साथै बुटवल र काठमाडौलाई लक्षित गरि उत्पादन शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend