logo
  • शनिबार, साउन ३० २०८३

कतारमा श्रमिक अधिकार अभियानको समापन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार भदौ १२।
कतारको राष्ट्रिय मानवअधिकार आयोग ( एनएचआसी)  गत महिनाबाट सुरु गरेको २८ दिने ग्रीष्मकालीन श्रमिक अभियानको आज एक भव्य समारोह बिच समापन भएको छ । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग सहित अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइ एल ओ कतार, रेड कृसियन्ट कतारको श्रम मन्त्रालयको श्रमिक सहयोग तथा इन्स्योरेन्स फन्डको सहभागिता रहेको थियो।

एक महिने अभियानमा श्रमिकहरूको अधिकार, कानुन र स्वास्थ्य सुरक्षाका उपायहरूबारे जनचेतना जगाउन अभियान सञ्चालन गरिएको थियो। सनैयाको प्लाजा मलमा स्टल राखेर सञ्चालन गरिएको अभियानमा श्रमिकहरूलाई उनीहरूको अधिकार र कानुनी प्रक्रिया बुझ्न सहयोग गर्ने उद्देश्यले विभिन्न भाषामा शैक्षिक सामग्री, पुस्तक र बुकलेटहरू निःशुल्क वितरण गरिएको थियो।

विभिन्न श्रम शिविरको निरीक्षण लगायत कतार फाउन्डेसनमा पनि जनचेतनामूलक कार्यक्रम सन्चालन गरिएको थियो । यस अभियानको एक महत्त्वपूर्ण पक्ष ‘लिगल क्लिनिक’को आयोजना थियो, जसले श्रमिकहरूका कानुनी समस्याहरू पहिचान गरी समाधानको बाटो देखाउन मद्दत पुरायो। यस्तो क्लिनिक कतारमा पहिलो पटक सञ्चालन गरिएको हो।

अभियानलाई सफल बनाउन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले महत्त्वपूर्ण भूमिका खेलेको थियो । समापन समारोहमा एनसीसी कतार, कतारमा रहेका विभिन्न समुदायका प्रतिनिधिहरू र नेपाली समुदायको उपस्थितिको लागी एनएचआरसी कतारका नेपाली समुदायका प्रतिनिधि कानुनी परामर्शदाता प्रो.मोहम्मद रमजान अलि मियाँले धन्यवाद व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको तर्फबाट एनसिसी कतारका प्रमुख सल्लाहकार रमेश भट्ट, डी आरसी सुनिल घिमिरे, तृतीय उपाध्यक्ष जहागिर आलम र सचिब अर्जुन सङ्ग्रौलाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend