साझा नेटवर्क
दर्शन सुनार, कतार भदौ ०९ ।
धनकुटा सेवा समाजको चाहना, शुद्ध सामाजिक भावना” भन्ने मूल नाराका साथ धनकुटा सेवा समाज कतारले “चेलीबेटी भेटघाट” कार्यक्रम गर्ने भएको छ । हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर समाजले “आन्तरिक तिज तथा चेलीबेटी भेटघाट कार्यक्रम २०२५” को आयोजना गरेको हो ।
समाजले हरेक वर्ष मनाउँदै आएको तिज कार्यक्रमलाई निरन्तरता दिँदै यसवर्ष पनि प्रवासमा रहेका धनकुटेलीहरु तथा कतारमा रहेका दिदीबहिनीहरूलाई पारिवारिक माहौलको सिर्जना गर्ने र एक आपसमा दुख सुख बाडदै,खुसी साट्ने र चेलीबेटीहरूलाई दर खुवाउने भन्ने हेतुले कार्यक्रमको आयोजना गरेको बताउँदै यो कार्यक्रमले माइती र चेलीहरूको माया र सद्भाव समेत बढ्ने अध्यक्ष तिल विक्रम मगर बताउँछन् ।
आगामी शुक्रवार सनैयाको प्लाजामलमा अवस्थित रेड चिल्ली रेस्टुरेन्टको सभाहलमा मध्यान्ह १२.३० बजे देखी कार्यक्रम सुचारु हुने कार्य तालिका रहेको छ ।
कार्यक्रममा कतारमा रहेका नेपाली दिदीबहिनी तथा दाजु भाइहरूलाई उपस्थितिको लागि कार्यक्रम संयोजक अनु मगरले अनुरोध समेत गरेकी छिन । कतारमा २००४ मा स्थापना भएको संस्था धनकुटा सेवा समाज कतार तथा गृह जिल्लामा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend