साझा नेटवर्क
दर्शन सुनार, कतार भदौ ०९ ।
कतारमा रहेका लुम्विनी प्रदेश बासीहरुको साझा संस्था लुम्विनी प्रदेश समन्वय परिषद कतारले “तिज विशेष तथा दरखाने कार्यक्रम” आयोजना गर्ने भएको छ । नारीहरुको महानपर्व हरितालीका तिजको अवसरमा प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि सोहि कार्यक्रम आयोजना गरेको हो ।
प्रदेशले हरेक वर्ष एक कार्यक्रमको आयोजना गरी प्रदेशकै मातहतमा रहेका हरेक जिल्लाहरुको एक विद्यालयमा कोष स्थापना गरेर पचास हजार सहयोग गर्दै आईरहेको छ । प्रदेशले पाल्पा, अर्घाखाँची, कपिलबस्तु रोल्पा र रुपन्देही सहित पाचँ जिल्लाहरुका न्यून विधालयहरुमा कोष स्थापना गरिसकेको छ ।
परिषदले बाकी रहेका जिल्लाहरुमा पनि कोष स्थापना गर्ने तयारी गरिरहेको र तिज विशेष तथा दरखाने कार्यक्रमबाट मुनाफा भएको रकमलाई बाकी रहेका जिल्लाहरु मध्ये एक जिल्लाको विधालयको लागि कोष स्थापना गर्न कार्यक्रम आयोजना गरिएको कार्यवाहक अध्यक्ष मनिषा खडकाले बताईन ।
कतारमा रहेका स्थानीय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति सहित दरखाने कार्यक्रमको साथमा प्रदेश अन्तर्गतका जिल्लाहरुमा रहेका विभिन्न संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम समेत हुने कार्यक्रम संयोजक बिवश बेल्वासेले साझा नेटवर्क सँगको संक्षिप्त कुराकानीका क्रममा जानकारी दिए ।
कार्यक्रम अगस्ट २९ तारिख शुक्रबारका दिन फुलवारी रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ बजेदेखि सुचारु हुने कार्यतालिका रहेकोे आयोजकले जनाएको छ । कतारमा रहेका नेपाली दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि परिषदले अनुरोध समेत गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend