logo
  • शुक्रबार, असोज ९ २०८३

नवपरासीमा लागुऔषध सहित ३ जना पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी भदौ ०९ ।
नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन । आईतवार साँझ सुनवल नगरपालिका वडा नं. ४ तुरिया स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा शंकस्पद अवस्थामा हिडिरहेका रुपन्देही बुटवल उपमाहानगर पालिका वडा नं. २ बस्ने २२ बर्षिय राजेन्द्र नेपाली र सोही ठाँउ बस्ने ३७ बर्षिय किसन नेपाली पक्राउ परेका हुन।

प्रहरीले रितपुर्वक खानतलासी गर्दा राजेन्द्र नेपालीले लगाएको कालो ट्याक (पाईन्ट्) को ईलाष्टिक भित्र अगाडीको भागमा २ यमयल को डाईजेपाम २३ एम्पुल, बुप्रिनुफिन २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ७३ एम्पुल लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ।

यसैगरि सोमवार बिहान रामग्राम नगरपालिका वडा नं. १ सहुवाटिकर स्थित सडक खण्डमा रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगर बस्ने ३३ बर्षिय सुनिल परियारलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको थियो ।

 परियारको शरिर खानतलासी गर्दा बोकेको चामलको बोरा भित्र कालो रंगको पलाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा २ यमयलको डाईजेपाम बुप्रिनुफिन र फेनारगन १३/१३ एम्पुल गरी जम्मा ३९ एम्पुल लागु औषध बरामद गरी तिनै जनालाई जिल्ला अदालतबाट म्हाद थपगरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend