logo
  • शुक्रबार, साउन ८ २०८३

गल्कोटको ठूलोरिघामा चारदिने तिजमेला सुरु

मेलामा खुल्ला फुटवल सहितका सांगितिक कार्यक्रम हुने


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

कमल पौडेल, बागलुङ भदौ ७।
गल्कोट नगरपालिका वडा नं. ११ ठूलो रिघा, ठूलोचौरमा ४ दिनसम्म चल्ने तिज मेला २०८२ सुरु भएको छ। धर्मपोखरी युवा समाजको आयोजनामा सुरुभएको सो मेलाको उद्घाटन गर्दै वडाध्यक्ष डम्बर श्रीसले साँस्कृतिक तथा खेलकुद कार्यक्रमले युवाहरुलाई शसक्त बनाउने बताउनु भएको छ।

युवाहरु रचनात्मक बन्नुपर्ने भन्दै सामाजिक विकासको अगुवाई गर्न आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा वडा सचिव देव वहादुर विश्वकर्मा, रत्नलक्ष्मी माविका प्रधानाध्यापक तुल बहादुर श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उद्घाटन खेलको रुपमा खुल्ला फुटवल प्रतियोगितातर्फ शिव मिलन युवा क्लव र छिस युवा क्लवको प्रतिस्पर्धामा १ गोल अन्तरले शिवमिलन युवा क्लवले विजय सुरुवात गरेको छ।

त्यस्तै दोस्रो खेलमा खेल बरावर भएपछि पेनाल्टी सुटआउटमा चौराह युवा क्लवलाई पराजित गर्दै रुस्दी युवा क्लबले विजय सुरुवात गरेको छ। “खेलकुद, कला संस्कृतिको संरक्षण र सम्वद्र्धनको निम्ति युवाहरुको एकता, धर्म पोखरी युवा समाजको अग्रता” भन्ने नारासहित सुरु भएको मेलामा खेलकुद संगै साँस्कृतिक कार्यक्रमहरु रहेको शिसिर श्रीसले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend