logo
  • शनिबार, साउन ३० २०८३

कतारमा ४८ जना नेपालीद्वारा रक्तदान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार भदौ ७ ।
दलित एकता सञ्जाल नेपाल कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परियार मित्रता समाज र विश्वकर्मा सेवा समाज कतारको सह-आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जना नेपालीहरूले शुक्रवार कतारको हमाद अस्पतालको ब्लड डोनर सेन्टरमा रक्तदान गरेका छन् ।

“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा उपस्थित भएर रक्तदाताहरू लाई सजांलका अध्यक्ष प्रकाश विश्वकर्माले हार्दिक आभार व्यक्त गरे । मानवीय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई सम्मान-पत्र प्रदान प्रदान गरिएको थियो ।

बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend