logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी सम्पर्क समाज भारतद्वारा आयोजित “हरितालिका तिज मिलन समारोह” सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली भदौ ०३
भारतमा रही विभिन्न क्षेत्रमा कार्यरत गुल्मेली नागरिकहरुलाई सु-सुचित तथा ऐक्यबद्ध गर्ने ध्येयले खोलिएको सामाजिक संस्था गुल्मी सम्पर्क समाज(भारत) ले हिन्दु महिलाहरुको महान पर्व हरितालिका (तिज) को अवसर पारेर “हरितालिका तिज मिलन समारोह” भव्यताका साथ सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष टिका बहादुर कार्कीले अध्यक्षता गर्नुभएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति गुल्मीकी सदस्य तथा जिल्ला समन्वय महासंघ लुम्बिनी प्रदेशकी सदस्य सुनिता जिसी कुँवर हुनुहुन्थ्यो। बिशिष्ट अतिथिको रुपमा एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईण्ड्रष्टिजका अध्यक्ष तथा समाजका आर्थिक सल्लाहकार युवराज बराल, हाम्रो स्वाभिमान ट्रस्टका कार्यकारी अध्यक्ष तथा समाजका सङ्गठन सल्लाहकार शिवलाल ज्ञवाली, प्रवासी नेपाली संघका केन्द्रिय सदस्य तथा समाजका बिषेश सल्लाहकार योगराज अर्याल हुनुहुन्थ्यो ।
समाजको अतिथिको रुपमा नेजस (उत्तर भारत क्षेत्र)अध्यक्ष सरिता न्यौपाने, आत्रेय एण्ड कम्पनीका चेयर पर्सन सि.ए.सुमन आत्रेय, नेपाल पत्रकार महासंघ -भारत साखाका कार्यबाहक अध्यक्ष गोबिन्द पोख्रेल, श्री पशुपतिनाथ मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष जनक गिरी, प्रवासी नेपाली संघ-भारतका केन्द्रिय सल्लाहकार टिकाराम पोख्रेल, नेजस-भारतका केन्द्रिय समन्वय समिति अध्यक्ष टेकराज पोख्रेल, समाजसेवी प्रमोद खरेल, माईती इण्डियाकी अध्यक्ष इन्द्रा पाण्डे, खानेपानी बिज्ञ मिन प्रसाद आत्रेय, प्रवासी नेपाली संघ -भारतका दक्षिण दिल्ली ईन्चार्ज मान ब.केसी, ब्यवसायी रवि शिँह,नेपाली समाज (भारत)का प्रतिनिधि नारायण बिक लगायतको उपस्थिति रहेको थियो ।
नयाँ दिल्ली तथा एनसिआरमा बिभिन्न क्षेत्रमा कार्यरत नेपाली महिलाहरुको ब्यापक उपस्थिति रहेको कार्यक्रममा मौलिक तिजी नाचगान प्रस्तुत गरेका थिए । समाजका बरिष्ठ उपाध्यक्ष नरहरी घिमिरे, उपाध्यक्ष मुकुन्द पौडेलले मन्तव्य दिनुभएको कार्यक्रममा सङ्गठन सचिव हुमकला खड्काले स्वागत भाषण गर्नुभएको थियो ।
दिवाभोज दर सहितको कार्यक्रमलाई संस्थाका महासचिव देबेन्द्र केसीको सञ्चालन, मिडिया सचिव सुभाष बस्नेत र सह-सङ्गठन सचिव भरत पौडेलको स्टेज सहजिकरण तथा सचिव बिष्णु प्रसाद ज्ञवाली, महिला उपाध्यक्ष सिता अधिकारी, सांस्कृतिक सचिव बिष्णु प्रसाद पोख्रेल, सह-सांस्कृतिक सचिव लक्ष्मण खड्का, पालिका संयोजक सचिव जिवन पौडेल लगायतको सहजिकरणमा सम्पन्न भएको थियो ।

विद्यार्थी भाइबहिनीको क्षमता वृद्धिको लागि हाजिरी जवाफ प्रतियोगिता 

समाजले दिल्ली, एनसिआरमा अध्यनरत गुल्मेली विद्यार्थी भाईबहिनीहरुको क्षमता बृद्धि तथा नेपाल र विषेशत: गुल्मी चिनाउने ध्येयले  “हाजिरी जवाफ प्रतियोगिता” आयोजना गरेको थियो । हाजिरी जवाफ प्रतियोगितामा रुरुधाम टिम प्रथम, कालीगण्डकी टिम दोश्रो तथा रेसुङ्गा टिम तेश्रो बन्न सफल भएका थिए । बिजेता भाई, बहिनीहरुलाई प्रमुख अतिथि कुँवर र अध्यक्ष कार्कीले नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

समाजका उपाध्यक्ष मुकुन्द पौडेल, ब्यवस्थापन सचिव रामचन्द्र अधिकारी र सदस्य लिला भारतीले सहजिकरण गर्नुभएको तथा महासचिव देबेन्द्र केसीले सञ्चालन गर्नुभएको हाजिरी जवाफ प्रतियोगिताको प्रथम पुरुस्कार समाजका कोषाध्यक्ष बाबुराम अधिकारी र ब्यवस्थापन सचिव रामचन्द्र अधिकारीले संयुक्त रुपमा सौजन्य गर्नुभएको थियो । दोश्रो पुरुस्कार समाजका कार्यसमिति सदस्य कमल पौडेल र तेश्रो पुरुस्कार समाजका मदाने गाँउपालिका संयोजक रोहित गैह्रेले सौजन्य गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend