साझा नेटवर्क
दर्शन सुनार, कतार भदौ २ ।
कतारमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । दलित एकता सञ्जाल नेपाल कतारको आयोजना, परियार मित्रता समाज र विश्वकर्मा सेवा समाज कतारको सह-आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा आगामी शुक्रवार “बृहत् रक्तदान” हुने भएको हो ।
“रक्तदान, जीवनदान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आयोजना गरिएको सोही कार्यक्रम शुक्रवार कतारको हमाद हस्पिटलको बल्ड डोनर सेन्टरमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म रक्तदान हुने कार्यक्रम संयोजक डोरेन्द्र विश्वकर्माले जानकारी दिएका छन् ।
उक्त “मानवीय तथा परोपकारी” कार्यमा सहभागी भई रक्तदान गरिदिन कतारमा स्थापित विभिन्न संघ-संस्था, समाजसेवी, वुद्धिजीवी, पत्रकार लगायत विभिन्न समुदायलाई सञ्जाल कतारका अध्यक्ष प्रकाश विश्वकर्माले अनुरोध गरेका छन् ।
कार्यक्रम बारे थप जानकारीका लागि निम्न नम्बरहरुमा ३०११३७८२, ५०९३५१५६ सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend