साझा नेटवर्क
काठमाण्डौं, साउन ३१ ।
नेकपा एमालेका नेता काशीनाथ अधिकारीले नेकपा एमाले मिसन ८४ को लक्ष्यको साथ अगाडि बढेको बताएका छन । रिटर्नी फेडेरेसन नेपालको दोश्रो सचिवालय बैठकको प्रमुख अथिति अधिकारीले निर्वाचन नै कान्तिको थलो भएको बताएका छन । नेकपा एमाले नै सवोत्कृष्ट विचारको पार्टी भएको भन्दै वहाँले संगठन निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकालले पार्टी विधान अधिवेशनको नजिक रहेकोले रिटर्नीहरुले आफ्नो नीति र मुद्धामा केन्द्रीत भएर निर्णय गर्नुपर्ने बताउनुभयो । नेकपा एमालको केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसनका ईन्चार्ज कृष्ण बहादुर केसीले उधमशिलता सहितको राजनीति लक्ष्य बोकेको संगठनका नेताहरु तलसम्म पुगेर बैठक राखेर अगाडि बढनु पर्ने बताउनु भयो ।
तल्लो तहको संगठन परिचालन नभएसम्म मिसन पुरा गर्न नसकिने वहाँको भनाई छ । नवयुग उधमशाला जस्ता आर्थिक मुद्धा र सामाजिक कार्य गर्नको लागि समेत प्रदेश स्तरको कार्यक्रममा लाग्न निर्देशन दिनुभएको छ ।
बैठकले पार्टीको विधान महाधिवेशनको लागि सुझाव दिने र रिटर्नीको नीति र योजना सम्बन्धमा गरिएको निर्णय पनि सुझावको रुपमा पेश गर्ने निर्णय गरिएको छ । फेडरेसनले कोशी , मधेश, बाग्मती , गण्डकी र लुम्बीनी प्रदेश स्तरीय कार्यक्रम तयारी गरेर अगाडि बढने बैठकले निणर्य गरेको छ । साथै बैठकले यस अघि संगठनले गरेका निर्णयहरु कार्वान्यवन गर्न समेत निर्देशन गरेको छ ।
उधमशिलता सहितको राजनीति लक्ष्यको साथ अगाडि बडेको रिटर्नी फेडेरेसन नेपालले रिटर्नीहरुको थोरै थोरै पुँजीलाई संकलन गरेर २५ अर्वको नवयुग ईन्भेष्टमेन्ट कम्पनी बनाएर केन्द्रीय उधमशाला काठमाण्डौमा सम्पन्न गरिएको छ । यस्तै नवयुग उधमशालालाई प्रदेश स्तरीय रुपमा कार्यक्रम गर्ने गरि योजना तयार भएको छ ।
फेडेरेसनका अध्यक्ष विनोद प्रसाद भट्टराईको अध्यक्षतामा बसेको सो बैठकले फेडेरेसनको आगामी कार्ययोजना , निर्णय कार्यान्वयनमा जोड दिएको फेडेरेसनको महासचिव खेम कार्कीले जानकारी दिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend