logo
  • शनिबार, साउन ३० २०८३

एनआरएनए एनसिसी कतारद्वारा विभाग गठन तथा जिम्मेवारी बाँडफाँड


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार साउन ३१ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले विभिन्न विभाग गठन गरी जिम्मेवारी तोकेको छ । एनसीसी कतारको शुक्रवार बसेको दोस्रो कार्यसमिति बैठकले विभिन्न विभाग गठन गरी जिम्मेवारी तोकेको हो ।
एनसीसी कतारको सुरक्षा एवं स्वयंसेवक विभाग संयोजकमा युवा उपाध्यक्ष मेहद सिंह तामाङ ,महिला विभाग संयोजकमा महिला उपाध्यक्ष टौमाया गुरुङ, सिप तथा क्षमता अभिवृद्धि विभागको संयोजकमा सचिव बुद्ध पाण्डेय,अतिथि स्वागत तथा व्यवसाय विभागमा संयोजकमा सचिव अर्जुन सग्रौला, साहित्य तथा प्रकाशन विभागमा संयोजकमा सचिव सुजन गुरुङ, आर्थिक विभागमा संयोजकमा कोषाध्यक्ष कवीन्द्र कँडेल, सामूहिक लगानी विभाग संयोजकमा सह-कोषाध्यक्ष, कान्छा श्रेष्ठ अजय, पर्यटन प्रवर्द्धन विभाग संयोजकमा सचिवालय सदस्य अमृत विश्वकर्मा, संयोजक, अतिथि सत्कार संयोजकमा महिला संयोजक कल्पना पुन मगर युवा विभाग संयोजकमा केशु मल्ल ठकुरी, खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभाग संयोजकमा राजन चापागाईँ, त्यस्तै राहत तथा उद्धार विभाग संयोजकमा दीप भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

गैरआवासीय नेपाली सङ्घ एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षतामा बसेको बैठकले ८ जना कार्यसमिति सदस्यहरू समेत मनोनीत गरेको छ । मनोनीत हुनेहरूमा सांस्कृतिक संयोजकमा जनक मगर त्यस्तै सदस्यहरूमा शेष तौकिर,राम बहादुर पाख्रिन तामाङ,एक्का बहादुर तामाङ,चन्दा शाही सेन, प्रदीप कुमार ठाकुर,बिश्रेस्वर प्रसाद यादव र प्रेमराज थापा रहेका छन् ।

अध्यक्ष पन्थीले कार्यसमितिमा मनोनीत भएका पदाधिकारीहरूलाई हार्दिक स्वागत गर्दै संस्था विधि विधानमा रहेर अनुसाशान पूर्वक काम गर्न आग्रह गरे । पन्थीले विभागको संयोजकमा जिम्मेवारी लिएका पदाधिकारीहरूले कार्य योजना तयार गर्न आग्रह गर्दै सुझाव समेत दिए ।

कतारमा रहेका नेपाली श्रमिकहरूको समस्याका समाधान गर्ने हामीहरूको जिम्मेवारी रहेको र हामीले जति धेरै श्रमिकहरूको काम गर्न सक्यौँ हामी त्यति नै सफल हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend