logo
  • शनिबार, साउन ३० २०८३

क्षत्री समाज नेपाल कतारले द्रोण बस्नेतलाई स-सम्मान बिदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार साउन २४ ।
क्षत्री समाज नेपाल कतार शाखाले “सम्मान तथा बिदाइ” कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा १९९७ मा कतार आएका गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका ८ का द्रोण बहादुर बस्नेत क्षत्री कतार बसाई लाई बिट मार्दै मातृंभुमी फर्कन लागेको अवसरमा बस्नेतलाई क्षत्री समाज नेपाल कतार शाखाले  सम्मान तथा बिदाइ गरेको हो ।

क्षत्री समाज कतारका अध्यक्ष श्याम कुमार डाँगीको अध्यक्षता तथा बस्नेतकै प्रमुख आतिथ्यमा सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएको हो । समाजले एक कार्यक्रम आयोजना गर्दै बस्नेतलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

सम्मान पश्रांत आफ्नो मन्तव्य बोल्दै बस्नेतले करिब दुई दशक भन्दा लामो कतार बसाइँलाई बिट मार्दै मातृंभुमी फर्कन लागेको बताए ।उनले समाजले दिएको माया र सम्मानको लागी समाज प्रति कृतज्ञता व्यक्त गर्दै आफू मातृंभुमीमा रहँदा संस्थागत काम र भई परि आउने समस्यामा आफू जोडिने बताए ।

सभापति डागींले मन्तव्य बोल्दै प्रवास बसाइँबाट छुटकारा पाउनु एउटा सुखद पक्ष रहेता पनि बिदाइ गर्नु दुखद पक्ष रहेको बताए । संस्थाको हक र हितमा बस्नेतले गरेको कामको उच्च प्रशंसा गर्दै सुखद जीवनको कामना व्यक्त गरे ।  बस्नेत कतारमा स्थापित सामाजिक संस्था गुल्मी सेवा समाज कतारका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend