साझा नेटवर्क
दर्शन सुनार, कतार साउन २२ ।
रोयल नेपाल युथ एसोसिएसन कतारले पवित्र समाज सेवा नेपाललाई एकलाख रुपैया आर्थिक सहयोग गरेको छ । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको समन्वयमा रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारले ईस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व इद उल फितरको अवसरमा आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताबाट आम्दानी भएको रकमबाट नगद रु एकलाख रुपैया विहिवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका प्रमुख सल्लाहकार रमेश भट्ट, यूथ एसोसिएसन ठकुरी ग्रुपका प्रमुख सल्लाहकार राजन चापागाईं, युवा ब्यवसायी प्रकाश लामाले काठमाडौको बुढानिलकण्ठमा रहेको पवित्र समाजको आश्रममा पुगेर सो रकम हस्तान्तरण गर्नु भएको हो ।
भट्टले सहयोग रकम हस्तान्तरण गर्दै गरिब, दुखी असहायहरुको लागी आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युथ एसोसिएसन कतारका अध्यक्ष केशु मल्ल ठकुरी, खेलकुद संयोजक बुलेट राजा ब्यवस्थापक प्रीन्स मल्लले भलिवल प्रतियोगिता आयोजना गर्दा गरिएको प्रतिबद्धता अनुसार सहयोग हस्तान्तरण गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो ।
अनाथलाई आश्रय दिने पबित्र समाज सेवा नेपालकी सञ्चालिका दिक्षा चापागाईंले समाज २००२ मा स्थापना भएर बिगत २३ बर्षदेखि निरन्तर असहाय, बेसहारा, वेवारिसे अवस्थामा फेला परेका बालबालिका तथा वृद्ध असहायलाई बिशुद्ध सामाजिक भावनाले सेवा गर्दै आईरहेको बताउनु भयो ।
उहाँले हाल सम्म बालबालीका तथा वृद्ध बुवाआमा गरी ६८ जना आश्रममा रहेको र ३६ जना बालबालिका नर्सरीदेखि कलेजसम्म पढाई गर्दै गरेको जानकारी दिनु भयो ।
रोयल नेपाल युथ एसोसिएसन (ठकुरी ग्रुप) कतार र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संयुक्त रुपमा सहयोग गरेको उक्त रकम मानविय कार्यमा अत्यन्तै महत्त्वपूर्ण रहेको बताउदै कतारमा श्रम गरेर पनि आर्थिक सहयोगको गरेकोमा आभार व्यक्त गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend