logo
  • शनिबार, साउन ९ २०८३

एनआरएनए कतारद्वारा मानव अधिकार आयोग कतारसँग भेटघाट


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

दर्शन सुनार, कतार साउन २१ ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले कतार स्थित राष्ट्रिय मानवअधिकार आयोग सगं भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ।
मगंलबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोग कतारको सचेतना तथा योजना विभागका प्रमुख अबु सालिम हमद अल हाजीरी सँग गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कृष्ण पन्थीको नेतृत्वमा रहेको टिम पुगेर भेटघाट कार्यक्रम सम्पन्न गरेको हो उक्त टिमलाई राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता प्रो मोहम्मद रमजान अलि मियाले खादा सहित स्वागत गर्नु भएको थियो ।

अबु सालिम हमद अल हाजिरीले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्ति भएकोमा पन्थीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सालिमले विगतका बर्सहरूमा अत्यन्तै सकारात्मक काम गर्नु भएको छ । तपाईँको कार्यकालमा थप राम्रा काम गर्न अध्यक्ष पन्थीलाई  आग्रह समेत गर्नु भयो ।

गत वर्षको पवित्र महिना रमदानमा एन एच आर सी द्वारा आयोजना गरिएको कम्युनिटी लिग फुटबल प्रतियोगितामा गैर आवासीय नेपाली सङ्घ कतारले खेलेको भूमिकाको प्रशंसा गर्दै यस वर्ष पनि पहिलेको भन्दा व्यवस्थित र उच्च स्तरको खेल आयोजनामा
गैर आवासीय नेपाली सङ्घलाई  सहभागिताको लागी अपिल समेत गर्नु भएको छ ।

एन एच आर सी ले आयोजना गरेका हरेक कार्यक्रममा एनआरएन एनसिसी कतारलाई  आफ्नो अभियानमा सहकर्मीकोरुपमा समावेश गराउने बताउँदै  नेपाली भाषामा विभिन्न पम्फ्लेट हरु तयार गरी कतारमा रहेका नेपाली श्रमिक तथा आम नेपालीहरूलाई सुसूचित गराउन एनआरएन एनसिसी कतारको सहयोगको अपेक्षा समेत गर्नु भयो ।

उहाँले छिट्टै नै श्रमिक अधिकार सम्बन्धी गोजी पुस्तिका नेपाली समाजलाई हस्तान्तरण गर्ने बताउँदै आगामी शुक्रवार औद्योगिक क्षेत्र सनैया स्थित ग्रान्ड मलको क्रिकेट स्टेडियममा हुने”कानुनी क्लिनिक”संवाद कार्यक्रममा सहभागी हुन निमन्त्रणा गर्नु भयो।
अबु सालिमले राष्ट्रिय मानवअधिकार आयोग  कतारको हरेक कार्यक्रम र  अभियानमा एनसिसी कतारको अत्यन्तै सशक्त भूमिका रहने विश्वास व्यक्त गर्दै नेपाली समुदायले विगतमा पनि समाजको हितमा उत्कृष्ट कार्य गरेकोमा प्रशंसा समेत गर्नु भएको थियो।

यसै कार्यक्रमको बिच गैर आवासीय नेपाली सङ्घ कतारले आफ्नो अवार्नेश सचेतना र कार्य योजना हस्तान्तरण गर्दै गैर आवासीय नेपाली सङ्घ एनसिसी कतारका नव निर्वाचन अध्यक्ष कृष्ण पन्थीको नेतृत्वमा रहेको टिमले तयार पारेको कार्य योजना अध्यक्ष र महासचिव द्वारा हस्ताक्षरित योजना पत्र समेत बुझाइएको थियो।

उक्त महत्त्वपूर्ण भेटघाटमा कार्यक्रममा एन एच आर सी स्थित नेपाली कम्युनिटी विभागका हमिउद्दिन मुसलमान सहित एनसिसी कतारका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो। एन एच आर सीमा प्रतिनिधित्व गर्ने विभिन्न समुदायका प्रमुख तथा प्रतिनिधि लाई पनि अध्यक्ष पन्थी र टोली ले भेट गरी परिचय गरेको थियो। कार्यक्रमको संयोजन राष्ट्रिय मानवअधिकार आयोग कतार स्थित नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता प्रो मोहम्मद रमजान अलि मियाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend