साझा नेटवर्क
दर्शन सुनार, कतार साउन १६ ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले कतारमा रहेका श्रमिकहरूको जन गुनासो सुन्न र सहजीकरण गर्न बिहीबार देखी हेल्प लाइन सुचारु गरेको छ ।
कतारमा श्रमिकका रूपमा रहेका नेपालीहरूलाई आई परेका विभिन्न समस्याहरूको समाधान गर्नको निमित्त नेपाली सङ्घले २०२५-२०२७ कार्यकालको लागी श्रमिक विभागका संयोजक सन्तोष पौडयाललाई सङ्घ अध्यक्ष कृष्ण पन्थीले ७०००१३५३ नम्बरको हेल्प हस्तान्तरण गर्दै हेल्प लाइन सुचारु गरिएको हो ।
सङ्घको एघारौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित पन्थीले आफू निर्वाचित भएको दिन श्रमिकका समस्या सुन्न हेल्प लाइनको व्यवस्थापन गर्ने वाचा प्रतिबद्धता व्यक्त गरेका थिए । पहिलो प्राथमिकतामा रहेको हेल्प लाइन सुरुवाती समयमै सुचारु गर्न पाउँदा एनआरएनए एनसिसी श्रमिकमुखीका बन्नेमा
विश्वास व्यक्त गरे ।
श्रमिक विभागका संयोजक सन्तोष पौडेलले विभिन्न समस्यामा परेका श्रमिकहरूको लागी ७०००१३५३ नम्बरको हेल्प लाइन २४ सै घण्टा खुल्ला रहेको जानकारी दिँदै उक्त नम्बरमा हवांटसप समेत रहेको बताए ।आफ्नो समस्याहरू डकुमेन्ट सहित हवांट्सपमा पठाउन कल गर्न अनुरोध समेत गरेका छन् ।
पौडेलले हेल्प लाइन नम्बरमा आएका गुनासाहरू निष्पक्ष सहित लिखित रूपमा नेपाली राजदूतावास तथा कतारमा स्थापित विभिन्न कहाँ पुगेर समन्वय गर्नु पर्ने हो आफू सदैव तत्पर रहेको बताए ।श्रमिक विभागमा आबद्ध भएर काम गर्ने सक्ने र इच्छुक व्यक्तिले विभागमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।
कतारमा रहेका पौने चार लाख नेपालीहरूको आशा,भरोसाको केन्द्र बनेको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले
विगत लामो समय देखी कतारमा रहेका श्रमिकहरूको हक र हितमा अत्यन्तै राम्रा कामहरू गर्दै आइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend