logo
  • शनिबार, भाद्र २० २०८३

हरेक नागरिकले शुद्ध र सुरक्षित खापा पाउनु उसको अधिकार हो – उपसभामुख थापा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कमल पौडेल, बागलुङ साउन १२ ।
गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाले हरेक नागरिकले शुद्ध र सुरक्षित खानेपानी पाउनु उसको अधिकार भएको बताउनु भएको छ । सोमवार बडिगाड गाउँपालिका २ स्थित गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाई आयोजनाको उद्घाटन गर्दै उपसभामुख थापाले धेरै रोगको सुरुवात फोहरपानीका कारण हुने भन्दै शुद्ध खानेपानीको लागि गण्डकी प्रदेश सरकार, स्थानिय सरकार र नेवा लगाएत सामाजिक विकासका संस्थाहरुले लगानी गरिरहेको बताउनु भएको छ।

त्यस्तै उपसभामुख थापाले निरन्तर विकास भैरहेको तर सन्तुष्ट हुने अवस्था नरहेको टिप्पणी गर्नुभएको छ। आज देशमा केहिपनि भएको छैन भन्ने भाष्य निर्माण गरिएको प्रति चिन्ता व्यक्त गर्दै थापाले विकसित राष्ट्रसंग नभई विगतसंग समाजलाई तुलना गर्नुपर्ने बताउनु भएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका पूर्व उपप्रमुख विष्णु प्रसाद भुसाल, बडिगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चण्डी प्रसाद पौडेल, वडा नं २ का अध्यक्ष ढालप्रसाद शेरचन, सरस्वती प्राविका अध्यक्ष चुमाकान्त पोखरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा नेपाल स्वास्थ्यका लागि पानी (नेवा)का सामाजिक प्राविधिक केशवराज अवस्थीले आयोजनाको विषयमा जानकारी दिनुभएको थियो भने उपभोक्ता समितिका सचिव कमला रानाले आयव्यय सार्वजनिक गर्नुभएको थियो।

४३ घरपरिवारका २ सय ४० जना लाभान्वित भएको आयोजनाको कुललागत २६ लाख ४२ हजार १ सय १२ रहेको छ। नेवाको १५ लाख ६५ हजार, बडिगाड गाउँपालिकाको ४ लाख ७२ हजार र जनश्रमदान ६ लाख ४ हजार लागतमा निर्माण सुरुभएको १ वर्ष भित्रै योजना सम्पन्न भएको हो।

कार्यक्रममा योजना सम्पन्न गर्न सहयोग पुर्याउने उपभोक्ता कमला राना, फोकलपर्सन पूर्णा थापा, कर्मचारीहरु केशवराज अवस्थी र लोकेशकुमार चन्दलाई सम्मान गरिएको थियो। त्यस्तै संस्था सम्मानमा बडिगाड गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) वडा नं. २ को वडा कार्यालयलाई पनि सम्मानपत्र सहित सम्मान गरिएको थियो।

उक्त उद्घाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष केश बहादुर कुमालको अध्यक्षता, वडा सदस्य विष्णु अर्यालको स्वागत मन्तव्य, मनकुमारी घिमिरेको स्वागत गित तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend