logo
  • शनिबार, साउन ३० २०८३

बडिगाड २ को सिमलचौर, पूर्ण सरसफाई तथा पोषणमैत्री टोल घोषणा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ साउन १२ ।
बडिगाड गाउँपालिका वडा नं. २ को सिमलचौर टोल (साविक दगातुन्डाडा गाविसको वडा नं. ६) क्षेत्रलाई पूर्ण सरसफाई तथा पोषणमैत्रि टोल घोषणा गरिएको छ। पूर्ण सरसफाईका ६ वटा सूचक पुरागरि कार्यान्वयनमा समेत आइसकेकोले सो टोललाइ पूर्ण सरसफाई तथा पोषणमैत्रि टोल घोषणा गरिएको सामाजिक परिचालक विष्णु गिरिले जानकारी दिनुभएको छ ।

चर्पिको सुरक्षित प्रयोग, व्यक्तिगत सरसफाई, न्यूनतम आवश्यक तथा सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ घर, विद्यालय, स्वास्थ्य संस्था एवं कार्यालय र वातावरणीय सरसफाई सहितका मुख्य सूचक पुरा भएपछि टोललाई पूर्ण सरसफाई युक्त टोल घोषणा गरिएको हो ।  कार्यक्रममा सरसफाईमा उत्कृष्ट कार्यसम्पादन गर्ने दुर्गा वहादुर वि.क.,  कुमारी राना, उजिरसिंह राना र देउमाया रानालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापा, जिसस बागलुङका पूर्व उपप्रमुख विष्णु प्रसाद भुसाल, वडिगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चण्डी प्रसाद पौडेल, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन, पोषण मैत्री स्थानिय शासन कार्यक्रम बडिगाडका संयोजक तथा जनस्वास्थ्य निरिक्षक शेर बहादुर बुढा, सामाजिक परिचालक विष्ण वन लगाएत स्थानिय जनप्रतिनिधि, उपभोक्ताहरुको सहभागिता रहेको थियो।

बडिगाड गाउँपालिका का १० वटा वडालाई ६९ वटा टोलमा विभाजन गरि पूर्णसरसफाइ तथा पोषणमैत्रि सूचक कार्यान्वयका लागि कामहरु गरिएको छ । सोहि अन्तरगत आठौं टोलको रुपमा सिमलचौलाई पूर्ण सरसफाई तथा पोषणमैत्रि टोल घोषणा गरिएको हो । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरगत बडिगाड गाउँपालिकालाई २०८३ सालभित्र पूर्ण सरसफाई तथा पोषणमैत्री पालिका घोषणा गर्नेगरि कामहरु भैरहेको छ।

कार्यक्रम सरसफाई समितिका अध्यक्ष केश बहादुर कुमालको अध्यक्षता, वडा सदस्य विष्णु अर्यालको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend