logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी सेवा समाज कतारद्वारा गायक पन्थी सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार/साझा नेटवर्क, कतार साउन ११ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको “११औ एकता महाधिवेशनमा आफ्नो प्रस्तुति दिन कतार आएका गायक तथा  सर्जक बाबुराम पन्थी सम्मानित भएका छन् । कतारमा रहेका गुल्मेलीहरूको साझा संस्था गुल्मी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गर्दै कलाकार पन्थीलाई  “सम्मान” गरेको हो ।

गुल्मी सेवा समाज कतारका कार्यवाहक अध्यक्ष सुरज चन्दको सभापतित्व तथा गायक पन्थीकै प्रमुख आतिथ्यमा  “भेटघाट तथा सम्मान कार्यक्रम” सम्पन्न भएको हो । सम्मान कार्यक्रममा समाजका, संस्थापक सदस्य बाबुराम महत, समाजका कार्यवाहक अध्यक्ष सुरज चन्द, प्रमुख संरक्षक बुद्ध पाण्डेय, प्रमुख सल्लाहकार कमल अर्याल, सल्लाहकार कुमार अविरल पन्थी लगायतका व्यक्तित्वहरूले खादा ओढाएर सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

समाजका प्रमुख संरक्षक बुद्ध पाण्डेयले संस्थाको बारेमा प्रस्ट पार्दै गुल्मी सेवा समाज कतारले विगत लामो समयदेखि गृह जिल्लामा गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई समाजले छात्रवृत्ति अभियान तथा जिल्लामा आई पर्ने सामाजिक कार्यहरूमा समाजले हातेमालो गर्दै आइरहेको बताए । पाण्डेयले गुल्मीमा रहेका कलाकारहरु समाजसगं जोडिन आग्रह समेत गरे ।

प्रमुख अतिथिको भूमिकामा रहेका दोहोरी गायक पन्थीले बोल्दै गुल्मी सेवा समाज कतारले दिएको माया साथ र प्रेरणाले जीवनलाई थप ऊर्जावान बनाएको बताउँदै सदैव माया, सम्मान र सद्भाव जीवन्त मनमा रहिरहने बाचा गर्दै खुसी व्यक्त गरे ।

सभापति बोहोराले गुल्मीको माटोले जन्माएको कला र संस्कृतिको जगेर्ना गर्ने राष्ट्रको गहना पन्थीलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्दै सागिंतिक यात्रामा उज्ज्वल भविष्यको शुभकामना समेत दिएका थिए ।

प्रथम उपाध्यक्ष देव लम्सालले स्वागत मन्तव्य राखेको सम्मान कार्यक्रमको सहजीकरण सचिव कुमार राहादी मगरले गरेका थिए । गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मुल नाराका साथ सन २००३ मा कतारमा स्थापित समाजले कतार तथा गृह जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend