साझा नेटवर्क
दर्शन सुनार, कतार साउन ३ ।
विगत लामो समयदेखि कतारलाई कर्म थलो बनाउँदै पत्रकारितामा सक्रिय रहेका म्याग्दीकापत्रकार तिलु शर्मा पौडेल कतारमा सम्मानित भएका छन् । शुक्रवार नवोदित साहित्यिक वाचनलयको “१७ औ अधिवेशन मार्फत पौडेल सम्मानित भएका हुन ।
नवोदित साहित्यिक वाचनलय कतारले आयोजना गरेका हरेक कार्यविधि तथा परियोजनालाई फोटोग्राफर तथा सञ्चारको माध्यमबाट अतुलनीय योगदानको कदर गर्दै दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेको थियो ।
सम्मान पश्रांत पौडेलले आफूलाई सम्मान गर्ने संस्थाका सम्पूर्ण कार्यसमिति पदाधिकारी प्रति आभार व्यक्त गर्दै यो सम्मानले पत्रकारितामा दरिलो भएर कलम चलाउन थप ऊर्जावान् र हौसला मिलेको बताए ।
विगत एक दशक देखि पत्रकारितामा सक्रिय पौडेल कतारमा सामुदायिक पत्रकारिता र मजदुरका समस्यामा सत्य तथ्य रूपमा अग्रपङ्क्तिमा रहेर कलम चलाउने पत्रकारको रूपमा चिनिन्छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend