logo
  • शनिबार, भाद्र २० २०८३

नेशनल मेडिकल कलेजद्धारा सशस्त्रका एसपी धिमाललाई सम्मानपूर्वक विदाई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

रंजित चौरसिया,वीरगंज १ साउन ।

वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोहका बिच सम्मानपूर्वक विदाई गरेको छ । पर्सामा कार्यरत रहँदा समाजिक उत्तरदायित्व र सुरक्षामा उल्लेखनिय योगदान पु¥याएको भन्दै कलेज प्रशासनले धिमालको सम्मान सहित विदाई कार्यक्रम आयोजना गरेको हो ।

कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कलेजका प्रबन्ध÷निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डाक्टर ईसरत जहाँ अन्सारी, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर के.एन. सिंह लगायत पर्सेली सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा वक्ताहरूले धिमालको कार्यकाललाई स्मरणीय बताउँदै, वीरगंजको शान्ति सुरक्षामा उनको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रम समापनमा उपरीक्षक धिमालले पनि नेशनल मेडिकल कलेज प्रति आभार प्रकट गर्दै, सामाजिक संस्थाहरूको साथले प्रहरी प्रशासनको काम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend