logo
  • शनिबार, भाद्र २० २०८३

भानुजयन्तीको अवसरमा वामीटक्सारमा सिर्जना वाचन कार्यक्रम सम्पन्न, हाम्रो पुस्तकालय तेस्रो वर्षमा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कमल पौडेल, गुल्मी असार २९ ।
आदिकवि भानुभक्त आचार्यको २ सय १२ औं जन्मजयन्तीको अवसरमा वामीटक्सारमा सिर्जना वाचनकार्यक्रम सम्पन्न भएको छ । हाम्रो पुस्तकालय व्यवस्थापन समितिको आयोजना तथा मुसिकोट नगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा श्रष्टाहरु टंकनाथ भण्डारी, टिका पाइजा, कमल पौडेल, टेक राहाडि, विष्णु प्रसाद आचार्य, हरिमाया छन्त्याल, भूमिश्वर गौतमले आ–आफ्नो सिर्जना वाचन गर्नुभएको थियो ।

श्रजकहरुलाई आयोजकको तर्फवाट मायाको चिनो सहित सम्मान गरिएको थियो। हाम्रो पुस्तकालयको तेस्रो वार्षिकोत्सव समेत रहेको सो समारोहमा नगरप्रमुख जिवलाल खरेल जिवनले साहित्यले समाजका वर्तमान र भविश्य समेत देखाउने वताउँदै साहित्यले भविश्य उज्यालो देखाएको र सोहि कुरामा आफ्नोपनि विश्वास रहेको बताउनु भएको थियो ।

आदिकवि भानुभक्तको चर्चा गर्दै कविले उवेलामा पनि न्याय नपाएको टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा नगरउपप्रमुख गंगा श्रेष्ठ, शिक्षा शाखा प्रमुख प्रकाश नेपाली लगाएतले शुभकामना दिनुभएको थियो। कार्यक्रम हाम्रो पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठको अध्यक्षता, महेश्वर घिमिरेको स्वागत मन्तव्य तथा सचिव सरोजराज वौद्धचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend